८ साउन, काठमाडौँ । पिपल्स डेण्टल कलेज एण्ड जनरल हस्पिटलले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
काडमाडौँको नयाँ बजारमा रहेको कलेजले मंगलबार कर्मचारीको आवश्यकता रहेको भन्दै विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।
कलेजले जेनेरल मेडिसिन, एनेस्थेसिया, रेडियोलोजी, जेनेरल प्राक्टिस र अन्य स्पेसलिस्टको पदमा सोही विषयमा सन्तोकोत्तर गरेको हुनुपर्ने बताएको छ ।
त्यसैगरी हस्पिटल म्यानेजर र सुपरभाइजर मा पनि व्याचलर डिग्री सँगै राम्रो अनुशासन भएको र मास्टर डिग्रीमा तीन वर्ष कोर्ष गरेको साथै एक वर्ष कामको अनुभव भएको हुनुपर्ने र हेल्थ केयर म्यानेजमेन्टमा राम्रो प्रस्तुति दिन सक्ने खोजिएको छ ।
त्यस्तै कलेजले मार्केटिङ अफिसर, प्रशासन र कार्यलय सचिवका लागि कम्तिमा व्याचलर डिग्रीको योग्यता रहेको र बाहिर फिल्ड मा हिँड्न सक्ने र त्यस सम्बन्धि ज्ञान र अनुभव भएको व्यक्ति हुनुपर्ने र नेपाली र अंग्रेजी टाइपिङ राम्रो हुनुपर्ने जानकारी दिएको छ ।
त्यसैगरी कलेजले स्टाफ नर्स र नर्सीङ इन्चार्जको लागि कम्तीमा पीसीएल लेभल पास र ब्याचलरमा नर्सीङ गरेको सँगसँगै यस सम्बन्धित विषयमा अनुभव रहेको हुनुपर्ने कलेजले बताएको छ । त्यस्तै स्टोर इन्चार्ज र किपरको लागि प्लस टुको योग्यता र सफ्टवेयर कम्प्युटरमा पनि अनुभव चाहिने कलेजले जानकारी दिएको छ । त्यसैगरी प्रशासन सहायकको को लागि पनि कम्तिमा प्लस टु को योग्यता रहेको र नेपाली र अंग्रेजी टाइपिङको पनि दक्षता रहेको हुनुपर्ने छ ।
त्यसैगरि कलेजले अन्य कामको लागि पनि जस्तै आइटि टेक्निसियन, रेडियोग्राफर, प्लम्बर, रिसेप्सनिस्ट, डेन्टल केयर साथै यसको सहयोग कर्ता र डेन्टल ल्याब टेक्निसियनको माग गरेको छ । यसका लागि दश कक्षा वा प्लस टुको योग्यता रहेको र सम्बन्धित विषयमा अनुभव र ज्ञान रहेको हुनुपर्ने बताइएको छ ।
यसका लागि फोन नं ४३९०१०५ मा सम्पर्क गर्न सकिने र itpdch@gmail.com
वि.सं.२०७६ साउन ८ बुधवार ०८:५४ मा प्रकाशित






























