back
CTIZAN AD

हाइटीमा विलियम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त

वि.सं.२०७६ साउन ८ बुधवार

846 

shares


८ साउन , हाइटी । हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गर्नुभएको जनाइएको छ ।

यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजिनामा दिएपछि सोमबार विलियम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको हो ।

लापिनले राजिनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक दलका नेताहरुका साथै सिनेट र चेम्बर अफ डेपुटिजसँग परामर्श गरेँ र उहाँलाई हाइटीको नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेँ– राष्ट्रपति मोसेले ट्वीटमा लेख्नुभएको छ ।

उहाँको मनोनयनलाई सांसदहरुले अनुमोदन गर्नुपर्नेछ । राष्ट्रपति मोसेले सो ट्वीटमा भन्नुभएको छ– मलाई लाग्छ मैले हाइटीका लागि यो राम्रो निर्णय गरेको छु ।

निवर्तमान प्रधानमन्त्री लापिनको कार्यकाल अत्यन्तै छोटो रहेको बताइएको छ । उहाँ गत मार्च महिनामा मात्र नियुक्त हुनुभएको थियो ।

सोमबार नियुक्त हुनुभएका प्रधानमन्त्री विलियम मिसेल यसअघि हाइटीको अर्थमन्त्रीका रुपमा काम गर्नुभएको थियो । उहाँ हाइटीका राष्ट्रपति मोसेका विश्वासका व्यक्ति पनि हुनुहुन्छ ।
उहाँलाई अब हाइटीको सरकारलाई जनताको विश्वास आर्जन गर्नुपर्ने जिम्मेवारी आएको छ । यस कार्यलाई हाइटीका अधिकारीहरुले निकै गाह्रो भनेका छन् ।

हाइटी अमेरिकी राष्ट्रहरुमै सबैभन्दा गरिब देशका हो । संयुक्त राष्ट्रसंघमा हालैमात्र गरिएको एक बैठकमा हाइटीमा करिब ५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् भनिएको छ ।

वि.सं.२०७६ साउन ८ बुधवार ०८:५१ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...