Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

सिरियाको एकहवाई आक्रमणमा बीस सर्बसाधारण मारिए कयौँ घाइते




८ साउन, सिरिया । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् ।
इद्लिबको दक्षिण भागमा रहेका मआरेट अल नुम्यान शहरलाई लक्ष्यगरी भएको यस आक्रमणमा परी अन्य कैयौ व्यक्ति घाइते भएका बताइएको छ ।

रुसको नेतृत्वमा भएको यस आक्रमणमा सिरियाली सरकारी सेनाको पनि सहभागीता रहेको अल जजिरा टेलिभिजन च्यानलले जनाएको छ ।
यस हवाई आक्रमणको लगत्तै सिरियाको उत्तर भागमा पर्ने सरकारको बलियो पकड रहेको हामा प्रान्तको एक गाउँमा विद्रोहीले गरेको गोली प्रहारमा परी सात व्यक्तिको मृत्यु भएको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

सिरियामा विद्रोहीलाई लक्ष्यगरी बारम्बार गरिने हवाइ आक्रमणमा परी सर्वसाधारण मारिने क्रममा जारी रहेको छ ।
सन् २०११ यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

उक्त गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो । सो सयमदेखि हालसम्म वजाररु ियस द्वन्द्वमा परी ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।

लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले