back
CTIZAN AD

सिरियाको एकहवाई आक्रमणमा बीस सर्बसाधारण मारिए कयौँ घाइते

वि.सं.२०७६ साउन ८ बुधवार

1.1K 

shares


८ साउन, सिरिया । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् ।
इद्लिबको दक्षिण भागमा रहेका मआरेट अल नुम्यान शहरलाई लक्ष्यगरी भएको यस आक्रमणमा परी अन्य कैयौ व्यक्ति घाइते भएका बताइएको छ ।

रुसको नेतृत्वमा भएको यस आक्रमणमा सिरियाली सरकारी सेनाको पनि सहभागीता रहेको अल जजिरा टेलिभिजन च्यानलले जनाएको छ ।
यस हवाई आक्रमणको लगत्तै सिरियाको उत्तर भागमा पर्ने सरकारको बलियो पकड रहेको हामा प्रान्तको एक गाउँमा विद्रोहीले गरेको गोली प्रहारमा परी सात व्यक्तिको मृत्यु भएको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

सिरियामा विद्रोहीलाई लक्ष्यगरी बारम्बार गरिने हवाइ आक्रमणमा परी सर्वसाधारण मारिने क्रममा जारी रहेको छ ।
सन् २०११ यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

उक्त गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो । सो सयमदेखि हालसम्म वजाररु ियस द्वन्द्वमा परी ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।

लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।

वि.सं.२०७६ साउन ८ बुधवार ०८:५९ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...