back
CTIZAN AD

फ्लोअप फौजिया : अल्डरवल्ड कनेक्सनले सबै थर्कमान

वि.सं.२०७६ साउन ८ बुधवार

1K 

shares


८ साउन, काठमाडौँ । सांसद एक स्वरुप अनेक, यस्तै देखिन्छ प्रदेश नम्बर ५ की प्रदेश सांसद फौजिया नसिमको । फौजिया कतै लैनननुसीया मुसलमान भनेर चिनिन्छीन् कतै फौजिया नसिम भनेर चिनिन्छीन् । नेपालमा फौजिया नसिम र लैननुसीया मुसलमान भनेर चिनिने उनी भारतमा भने लैननुसीया बेगम भनेर चिनिन्छीन् । उनका तीनआटै आधिकारिक नागरिकता यस अघि नै सार्वजनिक भइसकेका छन् ।
तर सांसद नै छीन्

नेपालको संविधान, निर्वाचन कानुन र मुलुकी फौजदारी संहिता सबैले नसिम सांसद बन्न योग्य नै छैनन् । तर नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी नसिम अहिले पनि नियमित संसद जाने गरेकी छीन् । उनका बारेमा अनौपचारिक रुपमा कुरा उठेपनि कतैबाट पनि बहस नभएकोले आफूले रोक्न नसक्ने ५ नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बताए ।

उनका दुईवटा नेपाली नागरिकता र एउटा भारतीय नागरिकता रहेको मैले पनि सुनेको छु तर औपचारिक केस दर्ता नभएकोले उनलाई निलम्बन गर्न सकेको छैन सभामुख घर्तीले सन्सार न्युजलाई जानकारी दिएका छन् । सभामुख घर्तीले मनोनयन गरेको दलले जिम्मेवारी लिएर निकास दिनुपर्ने माग राखेका छन ।
विपक्षी मौन
फौजिया प्रकरणलाई सशक्त रुपमा उठाउने प्रतिबद्धता गरेको मुख्य विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले आफ्नो संसदीय दलका नेता बलदेव शर्मा बिरामी भएका कारण यो विषय सदनमा लैजान नसकेको बताउँछन् । हमालले नेताज्युसँग छलफल गरेर यो विषय संसदमा लैजाने तयारी रहेको बताए ।
डर अन्डरवल्डको
प्रदेश ५ का नेकपाका शक्तिशाली नेताहरुलाई प्रभावमा पारेर सांसद बनेकी फौजियाको कनेक्सन अन्डर वल्र्ड डन दाउद इब्राहीमसँग समेत रहेको बताइन्छ । देशमा सत्तासिन पार्टीका नेताहरुलाई आफ्नो पक्षमा पार्न सफल फौजिया कनेक्सन इब्राहिम सम्म पुगेको थाहा पाएपछि सांसदहरु यो विषय सदनमा उठाउन डराएको बताइन्छ ।

वि.सं.२०७६ साउन ८ बुधवार १२:४६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...