Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

फ्लोअप फौजिया : अल्डरवल्ड कनेक्सनले सबै थर्कमान




८ साउन, काठमाडौँ । सांसद एक स्वरुप अनेक, यस्तै देखिन्छ प्रदेश नम्बर ५ की प्रदेश सांसद फौजिया नसिमको । फौजिया कतै लैनननुसीया मुसलमान भनेर चिनिन्छीन् कतै फौजिया नसिम भनेर चिनिन्छीन् । नेपालमा फौजिया नसिम र लैननुसीया मुसलमान भनेर चिनिने उनी भारतमा भने लैननुसीया बेगम भनेर चिनिन्छीन् । उनका तीनआटै आधिकारिक नागरिकता यस अघि नै सार्वजनिक भइसकेका छन् ।
तर सांसद नै छीन्

नेपालको संविधान, निर्वाचन कानुन र मुलुकी फौजदारी संहिता सबैले नसिम सांसद बन्न योग्य नै छैनन् । तर नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी नसिम अहिले पनि नियमित संसद जाने गरेकी छीन् । उनका बारेमा अनौपचारिक रुपमा कुरा उठेपनि कतैबाट पनि बहस नभएकोले आफूले रोक्न नसक्ने ५ नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बताए ।

उनका दुईवटा नेपाली नागरिकता र एउटा भारतीय नागरिकता रहेको मैले पनि सुनेको छु तर औपचारिक केस दर्ता नभएकोले उनलाई निलम्बन गर्न सकेको छैन सभामुख घर्तीले सन्सार न्युजलाई जानकारी दिएका छन् । सभामुख घर्तीले मनोनयन गरेको दलले जिम्मेवारी लिएर निकास दिनुपर्ने माग राखेका छन ।
विपक्षी मौन
फौजिया प्रकरणलाई सशक्त रुपमा उठाउने प्रतिबद्धता गरेको मुख्य विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले आफ्नो संसदीय दलका नेता बलदेव शर्मा बिरामी भएका कारण यो विषय सदनमा लैजान नसकेको बताउँछन् । हमालले नेताज्युसँग छलफल गरेर यो विषय संसदमा लैजाने तयारी रहेको बताए ।
डर अन्डरवल्डको
प्रदेश ५ का नेकपाका शक्तिशाली नेताहरुलाई प्रभावमा पारेर सांसद बनेकी फौजियाको कनेक्सन अन्डर वल्र्ड डन दाउद इब्राहीमसँग समेत रहेको बताइन्छ । देशमा सत्तासिन पार्टीका नेताहरुलाई आफ्नो पक्षमा पार्न सफल फौजिया कनेक्सन इब्राहिम सम्म पुगेको थाहा पाएपछि सांसदहरु यो विषय सदनमा उठाउन डराएको बताइन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ