back
CTIZAN AD

प्रधानन्यायाधीश र रुसी सर्वोच्च अदालतका अध्यक्षबीच भेटवार्ता

वि.सं.२०७६ साउन ८ बुधवार

1.1K 

shares

८ साउन, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र रुसी महासङ्घको सर्वोच्च अदालतका अध्यक्ष भ्याचेस्लाभ एम लेवेदेभबीच आज भेटवार्ता भएको छ ।

प्रधानन्यायाधीश राणाको मैत्रीपूर्ण निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि सोमबार अध्यक्ष लेवेदेभ नेपाल आइपुगेका थिए । उनीहरुबीच नेपाल–रुसी महासङ्घको लामो समयदेखिको सौहार्दतापूर्ण र सुमधुर सम्बन्धबारे छलफल भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए।

भेटका क्रममा प्रधानन्यायाधीश राणाले नेपालमा न्यायपालिकाको योजनाबद्ध सुधारका रुपमा रहेको रणनीतिक योजना र यसको कार्यान्वयनमा जानकारी दिए। उनले रणनीतिक योजनामै समग्र न्यायिक सुधार र न्यायिक सुशासनको विषय प्राथमिकतामा रहेकाले यसको कार्यान्वयन नै प्राथमिकतामा रहेको बताए । प्रधानन्यायाधीश राणाले दुई देशबीच भएको कूटनीतिक सम्बन्ध तथा विगतमा भएका भ्रमण र अनुभव आदानप्रदानले न्यायिक सुधारका लागि सहयोग मिलेको स्मरण गरे ।

यही साउन ९ गतेसम्म भ्रमणमा आएका अध्यक्ष लेवेदेभसहित भ्रमण दलमा तीन जना रहेका छन्। नेपाल भ्रमणका क्रममा उनीहरुले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानन्यायाधीश राणाले गत जेठमा रुसीे सर्वोच्च अदालतका भ्रमणका क्रममा उनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।(रासस)

वि.सं.२०७६ साउन ८ बुधवार १३:२६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...