back
CTIZAN AD

प्रतिनिधिसभा पहिलो बैठक स्थगन, दोस्रो आजै २ः३० बजे बस्ने

वि.सं.२०७६ साउन ८ बुधवार

954 

shares

८ साउन, काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ ।

सभामुख कृष्णबहादुर महराले अर्को बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो बैठक विशेष कारणवस स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाको अघिल्लो (असार ३१) को बैठक पनि सूचना टाँस गरी स्थगन गरिएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानलगायतको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव सङ्घीय संसद्मा दर्ता गराएपछि सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा मत बाझिएर बैठक स्थगित भएको थियो ।

बाढीपहिरो र डुबानमा परेका नागरिकलाई सहयोग पु¥याउन प्रभावित क्षेत्रमा सांसद खटिनुपर्ने हुँदा बैठक स्थगित गर्नुपरेको विषय सूचनामा उल्लेख गरिएको थियोे । बैठक स्थगन भएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसदलाई बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न आग्रह गरेका थिए भने प्रतिपक्ष दल काङ्गे्रसले मुलुकमा विपद् भएको बेला सिङ्गो संसद् एक ढिक्का भएर अघि बढ्नुपर्नेमा बैठक स्थगन गर्ने कार्य ठीक नभएको प्रतिक्रिया दिएको थियो ।

रासस

वि.सं.२०७६ साउन ८ बुधवार १३:२० मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...