Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रतिनिधिसभा पहिलो बैठक स्थगन, दोस्रो आजै २ः३० बजे बस्ने




८ साउन, काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ ।

सभामुख कृष्णबहादुर महराले अर्को बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो बैठक विशेष कारणवस स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाको अघिल्लो (असार ३१) को बैठक पनि सूचना टाँस गरी स्थगन गरिएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानलगायतको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव सङ्घीय संसद्मा दर्ता गराएपछि सत्तापक्ष र प्रतिपक्षबीच संसद् सञ्चालनका विषयमा मत बाझिएर बैठक स्थगित भएको थियो ।

बाढीपहिरो र डुबानमा परेका नागरिकलाई सहयोग पु¥याउन प्रभावित क्षेत्रमा सांसद खटिनुपर्ने हुँदा बैठक स्थगित गर्नुपरेको विषय सूचनामा उल्लेख गरिएको थियोे । बैठक स्थगन भएलगत्तै सभामुख कृष्णबहादुर महराले सांसदलाई बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न आग्रह गरेका थिए भने प्रतिपक्ष दल काङ्गे्रसले मुलुकमा विपद् भएको बेला सिङ्गो संसद् एक ढिक्का भएर अघि बढ्नुपर्नेमा बैठक स्थगन गर्ने कार्य ठीक नभएको प्रतिक्रिया दिएको थियो ।

रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम