Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कर्णालीका बालबालिकाका लागि किनिएको पिठोमा ‘भिटामिन ए’ नै छैन



९ साउन , काठमाडौँ । सरकारले कर्णालीका पाँच जिल्लामा वितरण गर्न किनेको पोसिलो पिठो गुणस्तरहीन पाइएको छ ।

दुई वर्षसम्मका बालबालिका र गर्भवतीलाई वितरण गरिने पिठोमा भिटामिन ए नभएको परीक्षणबाट पुष्टि भएको छ । पोसिलो पिठोमा अत्यावश्यक तत्व नै नभएपछि अहिले वितरणमा रोक लगाइएको परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले बताए । विश्व खाद्य कार्यक्रमले गुणस्तर मापन गर्दा भिटामिन ए नपाइएको उनले जानकारी दिए ।

यसैकारण केही महिनाका लागि पौष्टिक पिठो वितरण कार्यक्रम स्थगित हुन सक्ने अधिकारीहरुको भनाइ छ । सरकारले कुपोषण उच्च रहेको कर्णालीका पाँच जिल्ला हुम्ला , जुम्ला, मुगु,कालिकोट र डोल्पामा २० तथा सोलुखुम्बुमा १० वर्षदेखि पोसिलो पिठो वितरण गर्दै आएको छ । बिहीबारको नयाँ पत्रिका दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ