back
CTIZAN AD

दोर्दीमा बाढीः हाइड्रोका ११ मजदुर बगे

वि.सं.२०७६ साउन ९ बिहीवार

996 

shares


९ साउन, लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले चारजनाको मृत्यु भएको छ । भने सातजना बेपत्ता भइका छन् ।

बुधबार दिउँसो साढे २ बजे आएको बाढीले दोर्दी खोलामा निमार्णधीन २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरलाई बगाएको थियो ।

शिरतिर थुनिएको खोला अचानक उर्लिएर आएपछि मजदुरको भागाभाग भएको थियो । सो खोलामा ५४ मेगावाटको सुपरदोर्दी र २५ मेगावाटको अपरदोर्दी जलविद्युत परियोजना निमार्णधीन छन् । सुपरदोर्दीका १५ मजदुरलाई बाढीले सुरुङमा हालेको थियो । उनीहरुको उद्धार भएको छ । तर, अपरदोर्दीका ११ मजदुरलाई बाढीले बगाएको थियो ।

बुधबार रातिसम्म चारजनाको शव भेटिएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार तीनजनाको शव नौथरसेरा र एकजनाको शव कीर्तिपुर बेँसीमा फेला परेको थियो ।

सातजना बेपत्तामध्ये साँझ १० बजेसम्म कोही पनि सम्पर्कमा नआएको उनले बताए । बाढीले बगाएर नौजना घाइते भएका छन् । घाइतेमध्ये ६ जना माथिल्लो दोर्दी ‘ए’ का कामदार हुन् । अन्य तीनजना निमार्णधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाका कामदार हुन् । उनीहरुलाई उपचारका लागि बेँसीसहर ल्याइएको छ ।

बाढीले जलविद्युत आयोजनाका संरचनामा समेत क्षति पुराएको छ । बिहीबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ साउन ९ बिहीवार ०८:२३ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...