Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

दोर्दीमा बाढीः हाइड्रोका ११ मजदुर बगे




९ साउन, लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले चारजनाको मृत्यु भएको छ । भने सातजना बेपत्ता भइका छन् ।

बुधबार दिउँसो साढे २ बजे आएको बाढीले दोर्दी खोलामा निमार्णधीन २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरलाई बगाएको थियो ।

शिरतिर थुनिएको खोला अचानक उर्लिएर आएपछि मजदुरको भागाभाग भएको थियो । सो खोलामा ५४ मेगावाटको सुपरदोर्दी र २५ मेगावाटको अपरदोर्दी जलविद्युत परियोजना निमार्णधीन छन् । सुपरदोर्दीका १५ मजदुरलाई बाढीले सुरुङमा हालेको थियो । उनीहरुको उद्धार भएको छ । तर, अपरदोर्दीका ११ मजदुरलाई बाढीले बगाएको थियो ।

बुधबार रातिसम्म चारजनाको शव भेटिएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार तीनजनाको शव नौथरसेरा र एकजनाको शव कीर्तिपुर बेँसीमा फेला परेको थियो ।

सातजना बेपत्तामध्ये साँझ १० बजेसम्म कोही पनि सम्पर्कमा नआएको उनले बताए । बाढीले बगाएर नौजना घाइते भएका छन् । घाइतेमध्ये ६ जना माथिल्लो दोर्दी ‘ए’ का कामदार हुन् । अन्य तीनजना निमार्णधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाका कामदार हुन् । उनीहरुलाई उपचारका लागि बेँसीसहर ल्याइएको छ ।

बाढीले जलविद्युत आयोजनाका संरचनामा समेत क्षति पुराएको छ । बिहीबारको कान्तिपुर दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले