back

शिक्षण पेशापछि बाख्रापालनमा भीमसेन

वि.सं.२०७६ साउन ९ बिहीवार

162 

shares
NTC AD
Global IME AD

९ साउन, बनेपा । शिक्षण पेशाबाट अवकाश पाएपछि भीमसेन बस्नेतले अहिले बाख्रापालन व्यवसाय शुरु गरेका छन । पनौती नगरपालिका–७ बस्ने बस्नेतले आफ्नै घर नजिकै एक रोपनी जग्गामा रु २० लाख लगानी गरेर सो व्यवसाय शुरु गरे हुन ।

पनौती नगरपालिका–७ स्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटमा तीस बर्षसम्म शिक्षण पेशामा रहनुभएका बस्नेतले इञ्जिनीयर मनोज प्रजापतिसँग मिलेर ‘एम्बिशन एग्रीकल्चर प्रालि’ स्थापना गरी यो व्यवसाय शुरु गर्नुभएको हो । बाख्राका लागि आवश्यक पर्ने खोर निर्माण र चरण क्षेत्र विस्तार गरिएको छ । उनको फार्ममा अहिले ३२ बाख्रा छन् ।

परम्परागत शैलीभन्दा फरक किसिमले निर्माण गरिएको खोरका लागि आवश्यक पर्ने सामग्री चीनबाट मगाइएको सञ्चालक बस्नेतले बताए । गरे के हुँदैन भन्ने कुरालाई व्यावहारिक रूपमा देखाउन यही पेशाबाट पनि सिकिने भएकाले आफूहरूले फार्ममार्फत नयाँ प्रविधि भित्र्याएर काम गरिरहेको उनको भनाइ थियो । फार्ममा बोका, खसी, माउ र साना पाठापाठीलाई राख्ने ठाउँसमेत छुट्टाछुट्टै बनाइएको र त्यसका लागि काठ र बाँस प्रयोग नगरी चीनबाट ल्याइएको प्लाष्टिकको टाँड प्रयोग गरिएकोे छ । त्यससँगै फोर्स क्लिनर र च्याप्टर उपकरणसमेत खरीद गरिएको छ । “यसले फार्म गन्हाउने, कुहिने समस्याबाट मुक्त गराउनाका साथै लामो समयसम्म टिकाउ हुन्छ र बेला बेलामा भत्काइरहनुपर्दैन ।” सञ्चालक बस्नेतले भने, “सरसफाइ गर्न पनि सजिलो भएको र रोगब्याधिबाट पनि मुक्त हुने खालको सामग्री प्रयोग गरिएको छ ।” साना साना कुराले पनि धेरै असर गर्ने भएकाले आफूहरूले त्यस्ता कुरामा समेत जोड दिएको उनले बताए ।

बाख्रापालनसम्बन्धी किताब र इन्टरनेटबाट त्यसको विधि, प्रक्रिया र अपनाउनुपर्ने सावधानीलगायत विषयमा अध्ययन गर्दै दैनिकजसो पशु प्राविधिकसँग परामर्शसमेत लिइरहेको सञ्चालक बस्नेतको भनाइ थियो । शून्यबाट नै शुरु गरिए पनि त्यसमा आफू सफल भएरै छाड्ने उनले जिकिर गरे । “मलाई ९० प्रतिशत मान्छेहरूले सफल हुँदैनस् भनिरहेका छन्, तर म गरेरै देखाउँछु भनेर लागिरहेको छु ।”, सञ्चालक बस्नेतले भने ।

आफूले गरेको अध्ययनमा २९ प्रतिशत मात्रै मासु हाम्रो देशमा उत्पादन हुँदो रहेछ, अरु बाँकी सबै चीन र भारतबाट आयात हुँदोरहेछ । “त्यसको आपूर्तिमा स्वदेशबाट नै केही सहयोग गर्न र अर्को सबैभन्दा चुनौतीको पेशालाई अङ्गाल्ने क्रममा बाख्रा पालनलाई रोजेँ ।” उनले जोड दिए, “पशुपालनमा भैँसीपालन र गाईपालनभन्दा बढी गाह्रो व्यवसाय भनेकै बाख्रापालन भएकाले पनि यही व्यवसायलाई नमूनाको रूपमा अगाडि बढाउन शुरु गरेका हौँ ।”

बस्नेतसँगै अर्का एक इञ्जिनीयर पनि फार्ममा साझेदारीको रूपमा रहएका छन् । साथी र आफूले सल्लाह गरेर सो पेशा थालनी गरेको उनले बताए । यसअघि उनीहरू दुवैले सहकारीमार्फत तरकारीखेतीदेखि साबुन बनाउने व्यवसाय थालनी गरे पनि ती काम असफल भएपछि बाख्रापालनतर्फ लागेको सञ्चालक बस्नेतले जानकारी दिए ।

खसी बोकाको बजारको अवस्था पनि राम्रो रहेको उनको भनाइ थियो । “अहिले बजारमा हेर्ने हो भने खसीबोकाको अभाव छ, हामीले पालन गरेको खसी, बोका र बाख्राका लागि टाढाको बजार जानै पर्दैन, यही पनौती, बनेपा र धुलिखेल नै बजारको लागि काफी छ ।”, सञ्चालक बस्नेतले भने ।

रोग प्रतिरोधात्मक बाख्रापालन

धेरैजसो बाख्रा फार्म सञ्चालन गर्नेले जमुनापारी जातको बाख्रा ल्याउने र जसमा रोग प्रतिरोधात्मक क्षमता नभएर मर्ने अनि घाटामा जाने अवस्था देखेर त्यसबाट मुक्त हुन आफूहरूले खयरजाताका बाख्रालाई बोएरलाई क्रस गरेर निकाल्ने प्रयासमा लागिरहेको उनले जानकारी दिए । त्यस्ता जातको बाख्रामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने र मर्ने दरमा कमी आउने उनको भनाइ थियो ।

त्यससँगै बाख्राको पाठी उत्पादन गरेर सहकारीमा आबद्ध सदस्यलाई एक घरलाई दुई वटासम्म बाख्रा वितरण गर्ने र त्यसको रेखदेख आफैँले गरेर बजारीकरणका लागि फार्मबाट नै गर्ने योजनाअगाडि बढाइएको उनको भनाइ थियो ।

दाना उद्योग सञ्चालन गरिने

बाख्रापालनसँगै उनीहरूले अब दाना उद्योग सञ्चालन गर्ने तयारी गरिरहेका छन । त्यसका लागि उपकरण खरीद गर्न रु ६० देखि ७० लाख पर्ने र अरु फार्मका बाख्रा, गाई र भैँसीपालन गर्ने किसानलाई बिक्री गर्ने योजनामा लागेको सञ्चालक बस्नेतले बताए ।

बस्तुभाउको लागि आवश्यक पर्ने घाँस पात बर्खामा पर्याप्त भए पनि हिउँदमा नहुने भएकाले वरिपरि भएका रुख बिरुवाको घाँसपात खरीद गरी पेलेर चक्की बनाएर विक्री गर्ने सोचमा रहेको त्यस उद्योगले गर्दा बाख्रापालन व्यवसायलाई थप सहयोग गर्ने उनले बताए । बाख्रापालनसँगै सञ्चालक नमूनाको रूपमा माछापालन गर्न प्लाष्टिकको पोखरी र नयाँ प्रविधिको मौरीको घार समेत चीनबाट ल्याएर परीक्षण गरिरहेको उनले बताए । सो फार्मलाई अध्ययन केन्द्रकै रूपमा विकास गरेर अगाडि बढ्ने सोचका साथ अगाडि बढेको उनको भनाइ छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार १२:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

फिक्कल (इलाम) । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको...

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

असिनापानीले पाक्नै लागेको बालीमा क्षति

महोत्तरी । महोत्तरीमा असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको...

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

मूल्य घटेपछि अम्रिसो किसान समस्यामा

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका-२ माकाहाङका किसान उदय सङबाङफेले...