back
CTIZAN AD

खाल्डोमा डुबेर नाबालकको मृत्यु

वि.सं.२०७६ साउन ९ बिहीवार

897 

shares

९ साउन, लहान । अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको हिजो साँझ मृत्यु भएको छ ।

घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लागुऔषधसहित दुई युवक पक्राउ
प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ स्थित भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित सिरहा नगरपालिका–४ निवासी २३ वर्षीय मो सालिक सिद्धिकी र २४ वर्षीय औरन जेवराहीलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ५२०५ नंको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवैको साथबाट लागुऔषध नाइट्रोभेट ११ थान, १० ग्राम गाँजासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
रासस

वि.सं.२०७६ साउन ९ बिहीवार १२:२० मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...