back
CTIZAN AD

बाढी र डुबानले पशु आहारा जुटाउन सकस

वि.सं.२०७६ साउन ९ बिहीवार

1.1K 

shares

९ साउन, बर्दिवास । महोत्तरी जिल्लाका पशुपालक किसान घरपालुवा वस्तुभाउको आहारा जोहो गर्न नसक्दा पिरोलिएका छन् । असार अन्तिम साताको बाढी र डुबानले चरण क्षेत्र पुरिनाका साथै घाँस लगाएको ठाउँमा डुबानको हिलो वा लेदोले छोपेपछि गाईवस्तुकोे आहारा जुटाउन नसकेर उनीहरू बिलखबन्दमा परेका हुन् । साउन लागेपछि दुई÷तीन दिन पानी थामिए पनि गत शनिबारयता लगातार झरी परिरहेकाले तिनको आहारा जुटाउन झन् सकस परेको हो ।

“गोठमा गाई÷भैँसी ड्वाँ–ड्वाँ कराइरहेका छन्, फुकाएर कतै चराउन लाने ठाउँ छैन”, भङ्गाहा नगरपालिका–६ हतिसर्वा मजराका पशुपालक किसान सीताराम सरदारले विरक्तिँदै भने, “रातु नदीको तटीय चरन क्षेत्र बालुवाले पुरेको छ, धेरैजसो सार्वजनिक पर्ति र ऐलानी चौर अतिक्रमित भएका छन्, अब वस्तु पाल्न नसकिने भइयो हजुर !” रातु नदीका पुराना भँगाला क्षेत्र तटबन्धले बाढी नआउने बनाएपछि भूमाफियाहरूले खाली जग्गा कब्जा गरकाले चरन क्षेत्र मासिएको सरदारको भनाइ छ ।

बाढी र डुबानले बस्ती तहसनहस बनाएपछि अहिले पशुपालन व्यवसाय निकै कठिन भएको पीडित किसानले बताएका छन् । “घरमा १० वटा भैँसी छन्”, भङ्गाहा–४ की पशुपालक किसान हिरादेवी दाहालले भने, “पछिल्लो १५ दिनदेखि पराल र पानीका भरमा छन्, डुलाउने र घाँस काटेर ल्याउने ठाउँ पुरिएपछि ज्यादै अप्ठ्यारो परेको छ ।” बाढी, डुबान र यता केही दिनदेखिको झरीले हरियोपरियो खान नपाएपछि दुधालु वस्तुको दूध स्वात्तै घटेको दाहालको गुनासो थियो ।

जिल्लामा पशुपालन व्यवसायमा बर्दिवास नगरपालिका–७ मनहरीपुर, वडा नं ९ को पशुपतिनगर तथा १२ र १३ को बिजलपुरा उम्दा ठाउँ मानिन्छन् । त्यसैगरी भङ्गाहा, लोहारपट्टी, औरही र गौशाला नगरपालिका क्षेत्रमा पहिलेदेखि नै पशुपालन व्यवसाय राम्रो देखिँदै आएको थियो । यी क्षेत्र खुला नदी तटमा प्रशस्त चरन क्षेत्र हुँदा किसानले गोठमा टन्न गाई÷भैँसी पाल्दै आएका थिए । तर पछिल्लो दिनमा चरन क्षेत्र अतिक्रमित भएका र केही बाँकी क्षेत्र बाढीले पुरेपछि किसानको पिरोलो बढेको औरही नगरपालिका भोइल सोनामाइका किसान मोहन महतोले बताए ।

आफ्ना स्थानीय तहका प्रतिनिधिले पशुपालन व्यवसायलाई सघाउन कुनै कार्यक्रम नल्याएको पनि पशुपालक किसानको गुनासो छ । “सबैको जीवन त कृषि नै हो तर हाम्रा स्थानीय तहका प्रतिनिधिले हामीलाई ल राम्ररी वस्तु पाल्नुहोस्, हामी हेर्न आउँछाँै पनि भन्दैनन्”, गौशाला नगरपालिका बेलगाछी ढल्केवरकी किसान मनमायाँ ल्हायोले भन्नीन, “स्थानीय तहले पशुपालन व्यवसायलाई सहयोग पुग्ने कार्यक्रम ल्याइदिए किसानलाई राहत हुने थियो ।”

जिल्लामा रहेका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये यसपालि औरही नगरपालिकाले भने पशुपालक किसानलाई उत्साहित बनाउन आफ्नै घरपालुवा दुधालु वस्तुबाट कम से कम आठ लिटर दूध उत्पादन गर्नेलाइ वार्षिक २५ हजार पुरस्कार दिने निर्णय गरेको छ । यो र यस्तै पशुपालक किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम अरू स्थानीय तहले गर्नुपर्ने किसान आन्दोलनमा सरिक रहँदै आएका महोत्तरी भङ्गाहा–४ का किसान मुकुन्द दाहालको सुझाव छ ।

पशुपालक किसान आहारा जुटाउन नसकेर पिरोलिएका बेला पशु स्वास्थ्य विज्ञले भने घरमा आफ्नै प्रयत्नले पोषिलो पशु आहारा बनाउन किसानलाइ सुझाएका छन् । अहिले बाढी, डुबान र झरीले पशु आहार जुटाउन अप्ठ्यारो परेका बेला धेरै पटक पानीमा पीठो तताएर घरपालुवा पशु वस्तुलाई दिइरहन र घर वरपर नै राखिएको पराल टुक्र्याएर गहुँको भुस्सामा मिसाएर खान दिए तत्कालको अभाव टार्न सकिने पशु स्वास्थ्य र हेरचाहबारे अभिरुचि राख्दै यस क्षेत्रमा स्वयंसेवा गर्दै आएका सामाजिक अभियन्ता बर्दिवास–२ का महेशकुमार झाले बताए ।

पशुपालक किसानले शीतलहर र लगातार वर्षा हुने यामका लागि घर वरपर नै पोषिलो घाँस लगाउने गरे केही दिनको प्रतिकूल मौसममा पशुवस्तुलाई आहारा जुटाउन गाह्रो नहुने पशु स्वास्थ्यबारे चासो राख्ने अर्का सामाजिक अभियन्ता भङ्गाहा–४ प्रेमनगरका जवाहर महतोले बताए ।

वि.सं.२०७६ साउन ९ बिहीवार १२:३३ मा प्रकाशित

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

यस्तो छ आजको बजारमा कृषि उपजको भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...