Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

खेम थपलियाको १६ औं कृति ‘टिप्पन समालोचना’ बजारमा



९ साउन, काठमाडौं । माक्र्सवादी समालोचक तथा नाटककार खेम थपलियाको १६ औँ कृतिका रूपमा ‘टिप्पन समालोचना’ प्रकाशनमा आएको छ ।

‘टिप्पन समालोचना’ मा विभिन्न विधाका विभिन्न पुस्तकमाथि केन्द्रित भएर गरिएका टिप्पन समालोचना समावेश छन् । नेपाली साहित्यमा समालोचनासम्बन्धी बहस तीव्र भइरहेको बेला समालोचक खेम थपलियाको यो पुस्तक अलि बेग्लै मूल्य र बहसयुक्त छ ।

यो पुस्तकमा टिप्पन समालोचनासम्बन्धी सङ्क्षिप्त सैद्धान्तिक चर्चा पनि गरिएको छ । यो पुस्तक नेपाली समलोचना परम्परामा नयाँ विधा जन्माउने प्रयास पनि हो । टिप्पन समालोचना नेपाली समालोचनाको फाँटमा नयाँ समालोचनात्मक पद्धतिको रुपमा प्रस्तुत गरिएको हो । समालोचनात्मक पद्धतिका विविध आयाम, त्यसको संरचनात्मक अवस्थितिका साथ गतिशील र विकासशील प्रवाहका बिचमा आएको टिप्पन समालोचनाले नयाँ समालोचनात्मक पद्धतिका रूपमा बौद्धिक–प्राज्ञिक क्षेत्रमा नवीन कडीका रूपमा स्थपित हुनेछ ।

नेपाली साहित्यमा ऊर्जाशील रूपमा विकास हुँदै आएको समाजवादी–यथार्थवादी धारालाई यो समालोचनात्मक पुस्तकले पक्रेको छ । यसको केन्द्रमा माक्र्सवादी विश्वदृष्टिकोण रहेको छ ।

यस पुस्तकमा यही विश्वदृष्टिकोणअनुसार कला–साहित्यको उद्देश्य पर्गेल्ने प्रयत्न गरिएको छ । कम्युनिस्ट एवम् वामधाराको लेखन र पठन सघन बन्दै गएको नेपाली सन्दर्भमा यो पुस्तक धेरैका लागि अध्ययन–सामग्री बनेको छ ।

यसले लेखक–स्रष्टाहरूलाई उत्प्रेरकको काम पनि गरेको छ । यस कृतिमा माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सम्मका पुस्तकहरूको टिप्पन समालोचना गरिएको छ ।

प्रस्तुत ‘टिप्पन समालोचना’ भित्र ‘सात’ खण्ड रहेका छन् । प्रस्तुत पुस्तकमा जम्माजम्मी एकसय दसजना स्रष्टाका एकसय दसवटा टिप्पन समालोचना समाविष्ट छन् । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित प्रस्तुत ‘टिप्पन समालोचना’ ३७६ पृष्ठमा संरचित छ । यसको मूल्य रु. ५००\– रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ