Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

पाठेघरपीडितका लागि उपयोगी किटब्याग



९ साउन, दोलखा । नेपालका अधिकांश महिला पाठेघरसम्बन्धी रोगबाट पीडित भएपछि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ । पन्ध्रदेखि ४९ वर्षभित्रका आमा, दिदीबहिनीमा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता समस्याबाट धेरै नै प्रताडित भएकाले त्यसबाट जोगाउन फ्रिडम किटब्याग संस्थाले निःशुल्क किटब्याग बाँडेको हो ।

तीन वर्षअघिदेखिको अनुसन्धानमा किटब्याग प्रयोग गर्ने महिलामा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने समस्यामा धेरै नै कमी भेटिएको चरिकोट प्रस्तावित अस्पतालका डा विनोद दङ्गालले बताए । दोलखामा तीन वर्षअघि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखाका १६० महिलालाई निःशुल्क किटब्याग बाँडेको थियो । उनीहरूको स्वास्थ्य जाँच गर्दा यो समस्या अत्यन्तै न्यून देखिएको अनुसन्धानमा खटिएका डा दङ्गालको भनाइ छ ।

पाँचौँ पटकमा गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट र श्री पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयका छात्रा गरी १६० जनालाई संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको संस्थाकी सद्भावनादूत निर्मला श्रेष्ठले बताईन ।

वातावरण संरक्षण तथा महिलाको स्वास्थ्यमा केन्द्रित भई दोलखालगायत सिन्धुपाल्चोक, काठमाडाँै, रुकुम, रोल्पा, डडेल्धुरा, अछाम, बाजुरा र तराईका सबै जिल्लामा फ्रिडमले महिलालाई निःशुल्क किटब्याग बाँड्दै जनचेतना जागृत गराउने कार्यक्रम गदै आएको संस्थाकी सद्भावनादूत श्रेष्ठले जानकारी दिईन । एउटा किटब्यागलाई राम्रोसँग प्रयोग गरे कम्तीमा तीन वर्षसम्म चलाउन मिल्ने श्रेष्ठले बताइन । एक किटब्याग तयार गर्न कम्तीमा रु दुई हजार लाग्ने उनको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम