back
CTIZAN AD

पहिरोले विद्यालय भवन जोखिममा ,खुला आकाशमुनि पढाइ

वि.सं.२०७६ साउन १० शुक्रवार

969 

shares

१० साउन, रुकुमपूव । सिस्ने गाउँपालिका–८ स्थित आधारभूत विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले दुई कोठे विद्यालय भवनको एकपट्टिको भाग पुरिएको छ भने बाँकी दुई वटा भवन पनि उच्च जोखिममा रहेका छन् ।

लगातार रुपमा परेको वर्षाको कारण विद्यालयको अन्दाजी १० मिटर माथिबाट पहिरो झरेको विद्यालयका प्रधानाध्यापक नन्दराम केसीले बताए । उनका अनुसार विद्यालयको दुई कोठे भवनमा क्षति पुगिसकेको छ भने, एउटा दुई कोठे र अर्को छ कोठे भवन पनि पहिरोको उच्च जोखिममा रहेका छन् । विद्यालय भवनसँगै नजिकै रहेको भीमबहादुर रावलको घर पनि पहिरोको उच्च जोखिममा रहेको छ ।

विद्यालय भवनभन्दा तलपट्टि पनि योभन्दा पहिले लगाताररुपमा तीन वर्ष पहिरो झरेर विद्यालयको खेलमैदान पनि गएको थियो । गत वर्ष तारजाली लगाएको र अहिले फेरि पनि तारजालीसहित पहिरो जान सक्ने सम्भावना रहेको विद्यालयले जनाएको छ । विद्यालयको माथिबाट पहिरो झरिरहेको हुनाले विद्यालय पुरिन सक्ने र तलबाट पनि पहिरो झरे विद्यालय बगाउन सक्ने सम्भावना रहेको प्रधानाध्यापक केसीले बताउनुभयो । कक्षा ८ सम्म पढाइ सञ्चालन हुने उक्त विद्यालयमा १०५ विद्यार्थी अध्ययनरत छन् ।

खुला आकाशमुनि पढाइ

विद्यालय भवन पहिरोको उच्च जोखिममा परेपछि वर्षाको झरीमा विद्यार्थी खुला आकाशमुनि बसेर पढ्न बाध्य भएका छन् । विद्यालयभन्दा एक घण्टाको दूरीमा रहेको खेल मैदानमा त्रिपाल हालेर पठनपाठन सञ्चालन गरिने सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिङ थापाले बताए ।

वर्षाको झरीमा खुला आकाशमुनि पढाइ सञ्चालन गर्दा कक्षा १ देखि ८ सम्मका सानासाना विद्यार्थीलाई समस्या हुने भएको छ । पहिरो रोक्नको लागि कुनै उपायले पनि काम नगर्ने र फेरि पनि पहिरो झरेपछि विद्यालय भवननै नरहने भएपछि पठनपाठनमा समस्या नहोस् भनेर तत्कालीन रुपमा खुला चौरमै त्रिपाल हालेर पठनपाठन सञ्चालन गर्न थालिएको वडाध्यक्ष थापाले बताए ।

वि.सं.२०७६ साउन १० शुक्रवार ०९:१२ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...