
१० साउन, काठमाडौँ । हारती बचत तथा ऋण सहकारी संस्था लिमीटेडले विभिन्न पदको लागि योग्यता पुगेका र सोही विषयमा कार्यानुभव भएका कर्मचारीहरुको माग गरेको छ ।
मनभवन ललितपुरमा रहेको उक्त संस्थाले जेनेरल म्यानेजरमा एकजना, अकाउन्टेन दुई, असिस्टेन अकाउन्टेन दुई, अफिस अकाउन्टेन दुई, मार्केटिङ कलेक्र्टस आठ र रिसेप्सनिष्टमा एकजना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
संस्थाका अनुसार निवेदनमा पेश गर्नुपर्ने कागजातहरु नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वायोडाटा र हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति साथै योग्यताका प्रमाणपत्र र अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि चाहिने बताइएको छ ।
haratisaccos@gmail.com मा इमेल गरी निवेदन दिन सकिने छ ।