
मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनमा आत्मविश्वासको कमी हुने देखिन्छ । काममा जर्वजस्ती गर्दा समस्या नआउला भन्न सकिन्न । रिस गर्नेहरुको कमी हुने छैन् । त्यस्ता व्यक्तिबाट जोगिनुनै राम्रो हुनेछ । आफन्त र साथीभाइको भावनालाई सम्मान गर्दै काम गर्दा सफलता हात लाग्नेछ । वाद विवादले व्यर्थैमा मानहानी हुने देखिन्छ । खर्चको भयले सताउला । आजको कामबाट सफलता हात लाग्नेछ ।
बृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आज शनिबार रमाइलो जमघट हुने देखिन्छ । साथै मिष्ठान भोजनको अवसर पनि मिल्नेछ । छुटेका आफन्तसँग भेट हुने योग छ । नयाँ कामको प्रस्ताव आउनेछन् । रचनात्मक कामको थालनी हुनेछ । आफन्त र साथीभाइको राम्रो सहयोग मिल्नेछ । पहिले सुरु गरेका कामको सफलता मिल्नेछ । केही पुरस्कार पाउने योग पनि रहेको छ ।
मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, ह
उपलब्धिमुलक यात्राको सम्भावना रहेको छ । टाढाका साथीहरु नजिक हुनेछन् । फाइदा हुन्छ भनेर पछि लाग्दा धनमाल गुम्न सक्छ । थालेको काम रोकिने हुनाले फेरि थालनी गर्नुपर्नेछ । केही योजनाको लागि ऋण लिनुपर्ने देखिन्छ । अवसरका लागि बढी दौडधुप हुने देखिन्छ । खर्च भएपनि अवसर मिल्नेछ ।
कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार व्यवसायमा लाभ मिल्ने देखिन्छ । सञ्चित धन लगानी गर्दा फाइदा हुनेछ । भौतिक साधन जोड्ने योग छ । परिश्रमको परिणाम राम्रो आउने छ । आयआर्जनको श्रोत बढ्नेछ । अध्ययनमा मन जाने र केही राम्रो काम गर्ने अवसर आउने देखिन्छ ।
सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु
समाजमा मान सम्मान बढ्ने तथा दायित्व बढ्ने देखिन्छ । जमिन, बाहन, पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । सानो कोशिषले जीवनशैलीमा ठूलो सुधार ल्याउने देखिन्छ । तपाईको कामको मूल्यांकन भएपनि प्रतिफल पाउन केही समय लाग्नेछ । अरुको भर नपर्नु नै उत्तम हुनेछ । साइनो जोड्न आउनेबाट सचेत रहनुहोला ।
कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धर्म कर्ममा मन जानेछ । आफन्त र साथीभाइको सहयोगले आँटेको काम छिटै सफल हुनेछ । व्यापार विस्तार गर्नका लागि समय राम्रो छ । तपाईको मनपर्ने क्षेत्रमा प्रभाव बढाउन सकिनेछ । सोँचेको काम छिट्टै पूरा हुनेछ ।
तुला-र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्यमा समस्या देखिनेछ । हचुवामा गरिएको निर्णयले समस्या ल्याउला । जर्बजस्ती गर्नाले काम नबन्न सक्छ । विभिन्न कारण आँटेको काम ढिलो हुने देखिन्छ । अप्रिय समाचार नआउला भन्न सकिन्न । अध्ययनमा बाधा आउने देखिन्छ । व्यापार व्यवसायमा सोचेजस्तो फाइदा नआउने देखिन्छ । केही बाध्यात्मक परिस्थिति नआउला भन्न सकिन्न ।
बृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनोरन्जनमा अल्मलिनाले महत्वपूर्ण काममा बाधा आउने देखिन्छ । आफन्तसँग झैझगडा नहोला भन्न सकिन्न । व्यवासायिक यात्राको योग छ । भौतिक साधनको कमीले आँटेको काममा ढिलाई हुने देखिन्छ । सोचेजस्तो लाभ मिल्नेछैन ।
धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे,
रिस डाहा गर्नेहरुबाट सजग रहनुहोला । प्रतिश्प्रधीबाट पनि साबधान रहनुहोला । पुन ः लगानी गर्नुपर्ने अवस्था आउनेछ । मेहनतले रंग ल्याउनेछ । कोशिष गर्दा अवसर हात लाग्नेछ । विशेष कामको थाली गर्ने योग देखिन्छ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
वित्थामा अरुका लागि समय खर्च हुने देखिन्छ । काममा तारतम्य नमिल्दा व्यवहारमा पछि परिनेछ । स्वास्थ्यमा गडबडी देखिनेछ । अध्ययनमा समस्या आउने देखिन्छ । लक्ष्य हासिल गर्न समय लाग्नेछ । कसैलाई पनि बचन नदिनुहोला त्यसले समस्या लाउन सक्छ । धर्य र लगनशील बनेर अगाडि बढ्ला सफलता हासिल गर्न सकिनेछ ।
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णयमा मनमा दुविधा आउनेछ । साथीभाईको सहयोग मिल्नेछ । पारिवारीक झै भगडा हुने देखिन्छ । व्यापार व्यवसायमा पार्टनरसँग मतभेद हुने देखिन्छ । सम्बन्ध गाँस्न आउनेबाट टाढै बस्नुहोला । समयमै योजना बनाएर गरेको काममा सफलता मिल्नेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च
रिस डाह गर्नेहरुले तपाईको काममा बाधा नपुर्याउलान् भन्न सकिन्न । प्रतिश्प्रधीबाट जित हात पर्नेछ । आफन्त तथा साथीभाइले सहयोग नगरे पनि तपाईको आफ्नै मेहनतबाट थालेका काम सम्पन्न हुनेछ्न । व्यापार व्यवसायमा फाइदा हुनेछ । काम थालनी गरेको छोटो समयमै प्रतिफल हात पर्ने योग छ ।