back
CTIZAN AD

डुङ्गा चलाएर आम्दानी

वि.सं.२०७६ साउन १२ आइतवार

1.1K 

shares

१२ साउन, लमही । दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उनका बुबाले डुङ्गा चलाउथे । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर बताउछन ।

उनले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गर्नुभएको छ । उनका बुबाले करीब २४÷२५ वर्ष सोही ठाउँमा डुङ्गा चलाएर घर परिवार पाल्दै आएका थिए ।

पैतिया–गङ्गदी घाट नजिकबाट सागरले डुङ्गामा मानिसलाई तारेर दैनिक ५०० देखि एक हजारसम्म आम्दानी गर्ने गरका छन् । डुङ्गामा तारेवाफत उहाँले प्रतिव्यक्ति रु २० लिने गरेको बताए ।

कक्षा १० सम्मको पढेपछि देउखुरीको लमहीबाट कोरियन भाषा पढाइ शुरू गरे, तर त्यसमा पनि उनुत्तीर्ण भएपछि उनले पुख्र्यौली पेशा शुरु गरेको बताए ।

डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् विद्यार्थी

राप्ती नदीका विभिन्न ठाउँमा पुल नहुँदा विद्यार्थीहरु समेत जोखिम यात्रा गर्न बाध्य छन् । दाङको राजपुर गाउँपालिका–७ हाँडवासदेखि लमही नगरपालिका–९ अमिलियाबीचमापर्ने राप्ती नदीमा पुल नहुँदा विद्यार्थी जोखिम यात्रा गर्न बाध्य छन् ।

दैनिक राजपुरबाट पढ्नका लागि जाने विद्यार्थी जोखिम मोलेर डुङ्गाको यात्रा गर्ने गर्दछन् । “लामो समय भयो जोखिम मोलेर यात्रा गर्न बाध्य छौंँ”, स्थानीयवासी अर्जुन योगीले भने, “यो समस्या समाधानका लागि हामीलाई झोलुङ्गे पुल आवश्यक छ ।”

विद्यार्थी वारपार गर्दा धेरै पटक डुङ्गा पल्टिने गरेकोसमेत उनले बताए । उनले भने,“बिहान विद्यालय गएका र बेलुकी विद्यालयबाट सकुशल छोराछोरी फर्कने हुन् कि होइनन् भन्ने अभिभावकलाई पिरोल्ने गर्दछ ।”

दैनिक ५० जना विद्यार्थीले त्यहीँ डुङ्गाबाट वारपार गर्ने गरेको स्थानीयवासी सञ्जय योगीले बताए । त्यस क्षेत्रका पाँच सय घरपरिवार अहिले त्यही डुङ्गाबाट वारपार गर्ने गर्छन् । २० मिनेटमा वारपार गर्न सकिने भएकाले त्यहाँका बासिन्दाले डुङ्गाको प्रयोग गर्ने गरेका छन् ।

झोलङ्गे पुल भएको भए झनै सहज हुने स्थानीयवासी करवीर योगीले बताए । झोलुङ्गे पुल चार किलोमिटर पूर्व गोठुवा घाटमा छ भने पश्चिम बाँकेको खोकरीघाट पाँच किलोमिटर टाढा छ । त्यहाँ पैदलजान एक घण्टा लाग्ने भएकाले त्यहाँका बासिन्दाले छिटो आवतजावत गर्न डुङ्गाको प्रयोग गर्ने गरेका छन् ।

वि.सं.२०७६ साउन १२ आइतवार ०९:५८ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...