back
CTIZAN AD

युवानेता मैदानमा नआउनु देशका लागि अशुभ संकेत

वि.सं.२०७६ साउन १२ आइतवार

756 

shares

लगभग सबै दलका कथित युवा नेताहरू अब कामै नगरी, चुनौति नै नब्यहोरी, क्षमता नै नदेखाई, भीजन र कार्यक्रम बनाउन पसिना नै नबगाई बूढा युवानेता बनिसकेका छन् । अब नव युवा नेताहरूले मात्र समयको महत्व बुझ्ने हुनाले, तिनले नै अहिले तीब्र दरमा बिकसित प्रविधि ब्यवस्थापन प्रणाली तथा मोडेललाई आत्मसात गर्न सक्ने नयाँ युवा नेताहरू अघि बढेनन् भने मुलुक चाँडै नेतृत्वबिहीन हुनेछ । बूढाहरूले मुलुक हाक्ने दिन सक्किसकेको छ, ती अभिभावक र सल्लाहकार बन्ने दिन मात्र बा‘की हो। कथित युवा नेताहरूमा अहिले आत्मबिश्वास नै नरहेको, जोखिम लिन असमर्थ र ओभरप्रोटेक्टनिष्ट मानसिकताका देखिदै गएका छन्। त्यो युवा के युवा जसले जोखिम लिन सक्दैन, चाहदैन !

यो प्रविधिको युग हो, डिजिटल युग हो, साईबर अर्थतन्त्र हो । नाति–नातिनाको युग हो । बाआमा, हजुर बा हजुरआमाहरूको युग हैन । यो बूढाबूढीबाट युवाले सिक्ने हैन कि युवा, किशोरकिशोरीबाट बूढाहरूले सिक्नुपर्ने युग हो । केटाकेटी नभएको परिवार, घर प्रविधि निरक्षर हुदै, निरीह बन्दै गइरहेको समय हो । बूढा पुस्ताका ज्ञान र सीप अब आउटडेटेड भैसकेका छन् । यी गंभीर सत्य र तथ्य हुन् । तर, यस्तोमा पनि नवयुवा नेताहरू मैदानमा नदेखिनु नेपालको वर्तमान र भविष्यका निम्ति शुभ संकेत हैन है !

नातिपुस्ताका युवाहण्रू ! यो तपाईहरूको युग हो, जिम्मा लिनुस्, कमान सम्हाल्नुस्, अहिले र भविष्यमा पनि तपाईहरू बाहेक अब अघिल्लो अरू पुस्ताले सक्दैन यो विश्व हाँक्न । हिजो तपाईहरूलाई पछि लगाएर बूढाहरू नेता बनेका हुन्, अहिले तपाईहरू अघि लाग्नैपर्ने डिजिटल तथा प्रविधिअर्थतन्त्रकौ युग आयो । यो एकदम युवाप्रेमी अर्थतन्त्र र प्रविधिको युग हो, साईबर विश्व हो !

तपाईका भाषण, लेखनमा म दमदार बैज्ञानिक बिश्लेषण, फ्रन्टीयर प्रविधि र ईन्जिनियरिङ, नविन ब्यवस्थापन, विश्व अर्थतन्त्रका नयाँ नयाँ तरकीबहरू, भीजन र योजना, लेखन र प्रमाणिकताको अपेक्षा गर्छु । सदनमा झिनामसिना कुरामा बहकिएर कुर्लिएको देख्दा, बेतुकका सार्वजनिक भाषणहरू सुन्नुपर्दा वाक्कदिक्क मात्र लाग्ने गर्छ । नेताहरूको बेतुकका वाहियात भाषण र थोपडा देख्नुपर्छ भनेरै मैले टिभी हेर्न विगत ४ वर्ष देखि छाडिदिएको हुँ । तिनकै गन्थनले भरिएका हुनाले पत्रपत्रिका पनि पढ्दिन, युट्युबमा नेताहरूको भाषण वा अन्तर्वार्ता वा बहस पनि हेर्दिन, किनभने तिनका अधिकतम् कन्टेन्ट डेटएक्स्पायर्ड हुने गर्छन् । त्यस्ता नेताहरूको कुरालाई केन्द्रमा राखेर वा आधार बनाएर प्रतिक्रियात्मक बहस गर्ने दलीय वा प्रतिपक्षीय कथित बुद्धिजीवीका गन्थन पनि हेर्ने सुन्ने गर्दिन, किनभने जब आधार नै बेतुकका हुन्छन् त्यसउपर हुने बहस झन् बेतुकका हुनु स्वाभाविक छ। त्यस्ता कुरामा समय बर्बाद र दिमाग खराब गरेर झन् मूर्ख किन बन्ने ?

म नवयुवाहरूबाट हस्तक्षेपकारी, सशक्त, सक्रिय नेतृत्वको पर्खाईमा छु । आजकल बूढा नेताहरू र बूढा युवानेताहरूको कुरामा म कुनै रस वा दम नै देख्दिन । कर्कश ढोल मात्र बज्छन् । तिनका काम र कुराले मलाई झन्झन पार्न वा उचाल्नै सक्दैनन् ।
पाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ साउन १२ आइतवार ०९:५८ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...