back
CTIZAN AD

आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण

वि.सं.२०७६ साउन १२ आइतवार

894 

shares

१२ साउन, डोटी । जिल्लामा पछिल्लो समय आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण बढ्दै गएको छ । खेत जोत्न, धान, गहुँ काट्न, मकै छर्ने लगायतका काममा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्न थालेका हुन् ।

गोरु पाल्नुभन्दा खेत जोत्नका लागि आधुनिक कृषि यन्त्रले सजिलो हुने भएकाले यसमा किसानको आकर्षण बढ्दै गएको शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताए । उनले भने, “गोरुपाल्नुभन्दा कृषि यन्त्र सजिलो र सस्तो भएका कारणले पनि किसानको आर्कषण कृषि औजार बनेको हो ।”

जिल्लाका दिपायल सिलगढी, शिखर नगरपालिका, केआइसिंह, जोरायल गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका किसानलाई सहुलियत दरमा कृषि यन्त्र उपलब्ध गराएपछि अहिले त्यहाँका किसानहरु प्राय कृषि यन्त्रकै सहायतामा खेती किसानी गर्न थालेका हुन् । गोरुले खेत जोत्नुको सट्टा पछिल्लो समयमा व्यावसायिक किसानले हाते ट्याक्टर लागयतका कृषि यन्त्रले खेत जोत्न थालेका छन् ।
यसका साथै यहाँको शिखर नगरपालिका तल्कोट लगायतका क्षेत्रमा धान गहुँ चुट्नका लागि किसानले तत्कालीन जिल्ला कृषि विकास कार्यालयले प्रदान गरेका थ्रेसर मेसिनको प्रयोग गर्न थालेका स्थानीय प्रेमबहादुर बलायरले बताए । खेत जोत्न गोरुभन्दा कृषि यन्त्रले सजिलो हुने भएकाले ट्याक्टरमार्फत खेत जोत्नेको सङ्ख्या बढ्दै गएको स्थानीय बताउँछन् । समयको पनि बचत तथा कम खर्चिलो हुने भएकाले जिल्लाका किसान कृषि यन्त्र प्रति आकर्षित हँुदै गएका हुन् ।

गोरुले एक दिनमा जोत्ने खेत हाते ट्याक्टरले दुई घण्टामा सक्ने भएकाले समय र श्रमको समेत बचत भएको जोरायल गाउँपालिका वडा नं २ का किसान तुलाराम साउदले जानकारी दिए । पछिल्लो समय यहाँका किसानले आफ्नै लगानीमा पनि कृषि यन्त्र किन्न थालेका जोरायल–३ का वडाध्यक्ष दीनेश मल्लले बताए । यहाँका नगरपालिका तथा गाउँपालिकाले किसानलाई ८० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेका छन् । जिल्लाका बेसी तथा मैदान भएका क्षेत्रका किसानले बढीजसो कृषि यन्त्रको प्रयोग गर्ने गरिरहेका छन् ।

जिल्लामा पहिलेको तुलनामा अहिले कृषिमा व्यवसायीकरण बढेपछि कृषि यन्त्रको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका प्रमुख किसनसिंह थापाले बताए । कृषि यन्त्रबाट काम छिटो तथा लागत मूल्य कम पर्ने भएकाले यसको प्रयोग बढेको यहाँका कृषकको भनाइ छ । गोरुले जोत्ने स्थान ट्याक्टरले ओगटेजस्तै अहिले यहाँका खेतबारीमा हाते ट्याक्टरलगायत अन्य क्षेत्रमा पनि कृषि यन्त्रको प्रयोग धेरै हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँका कतिपय किसानले भारत तथा नेपालका विभिन्न ठाउँबाट कृषि यन्त्र भित्र्याउन थालेका छन् । सरकारले कृषि जन्य यन्त्रमा राजश्व छुट गर्ने भएकाले कृषि यन्त्र किन्नेलाई सहुलियत भएको बताइएको छ । जिल्लामा पछिल्लो समय जनशक्तिको अभाव र कृषिमा व्यवसायीकरण भएसँगै कृषि यन्त्रको प्रयोगमा वृद्धि भएको स्थानीयवासी बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जोन, सुपरजोनजस्ता कार्यक्रमको प्रभावकारिता देखिएकाले कृषि यन्त्रप्रतिको आर्कषण बढेको स्थानीयको भनाइ छ । जिल्लामा मौसमी तथा बेमौसमी अन्नबाली, तरकारी खेती, केराखेती, फलफूल खेतीमा कृषि यन्त्रको प्रयोग गरिँदै आएको छ । जिल्लामा कृषि यन्त्र बिक्री गर्ने डिलर नभएका कारण कृषि यन्त्र किन्ने किसानलाई भने केही समस्या उत्पन्न हुँदै आएको छ ।

वि.सं.२०७६ साउन १२ आइतवार १०:२५ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...