Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

लागुऔषध सहित नियन्त्रणमा



१३ साउन,काठमाण्डौ, । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार काठमाण्डौ नागार्जुन नगरपालिका-४ बाफल मातादेवी पेट्रोल पम्प नजिक चेकजाँच गर्दा काठमाण्डौ चन्द्रागिरी नगरपालिका-६ का सुजन खड्का र रामेछाप गोश्वारा घर भई काठमाण्डौ नागर्जुन नगरपालिका-४ बाफल बस्ने साजन थापा मगरलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागुऔषध नुफिन, डाईजोपाम र फेनरागन गरी जम्मा १३५ एम्पुल लागुऔषध बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसै गरी महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार करिव ८ बजेतिर काठमाण्डौ महानगरपालिका-१५ सोल्टी दोबाटोमा चेकजाँच गर्ने क्रममा सर्लाही हरिवन-१० घर भई काठमाण्डौ कलंकी बस्ने पूर्ण बहादुर घिमिरेको साथबाट नाईट्राभेट ४५ ट्याब्लेट बरामद गरेको छ । निजलाई नाईट्राभेट ४५ ट्याब्लेट सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ