back
CTIZAN AD

लागुऔषध सहित नियन्त्रणमा

वि.सं.२०७६ साउन १३ सोमवार

891 

shares

१३ साउन,काठमाण्डौ, । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार काठमाण्डौ नागार्जुन नगरपालिका-४ बाफल मातादेवी पेट्रोल पम्प नजिक चेकजाँच गर्दा काठमाण्डौ चन्द्रागिरी नगरपालिका-६ का सुजन खड्का र रामेछाप गोश्वारा घर भई काठमाण्डौ नागर्जुन नगरपालिका-४ बाफल बस्ने साजन थापा मगरलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागुऔषध नुफिन, डाईजोपाम र फेनरागन गरी जम्मा १३५ एम्पुल लागुऔषध बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसै गरी महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार करिव ८ बजेतिर काठमाण्डौ महानगरपालिका-१५ सोल्टी दोबाटोमा चेकजाँच गर्ने क्रममा सर्लाही हरिवन-१० घर भई काठमाण्डौ कलंकी बस्ने पूर्ण बहादुर घिमिरेको साथबाट नाईट्राभेट ४५ ट्याब्लेट बरामद गरेको छ । निजलाई नाईट्राभेट ४५ ट्याब्लेट सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

वि.सं.२०७६ साउन १३ सोमवार १५:१० मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...