back
CTIZAN AD

गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफल गृहमन्त्री थापा

वि.सं.२०७६ साउन १४ मंगलवार

1.1K 

shares

१४ साउन, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५÷७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताएका छन ।

मन्त्रालयमा आव २०७५÷७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले भने, “गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मूलभूत रुपमा सफल भएका छौंँ, अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ ।”

सरकारले लिएको दिगो विकासको लक्ष्य, १५औंँ ट विनियोजन हुनुपर्ने टिप्पणी गरे ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगत वर्षका तुलनमा गत आव २०७५÷७६ मा गृहका काम कारवाही प्रभावकारी देखिए पनि अझै असार मसान्तमा कामसक्ने परिपाटीको अन्त्य नभएको बताए । उनले भने, “जेठ १५ मा बजेट आउँदा पनि असार मसान्तमा मात्रै कामसक्ने अवस्थाको निरन्तरता अझै देखियो, अब गृहअन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिकभित्र बोलपत्र आह्वान र छनोट गरिसक्ने, दोस्रो चौमासिकमा काम शुरु गरिसक्ने गरी योजना बनाउनुहोला ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले गत आवमा गृह मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको भन्दै खुशी व्यक्त गरे । बैठकमा गृह मन्त्रालयअन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभागलगायतका निकायले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए ।

वि.सं.२०७६ साउन १४ मंगलवार १०:३५ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट...

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

गृहमन्त्री गुरुङको निर्देशनमा ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...