Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

गृह मन्त्रालयको वार्षिक कार्यक्रम सफल गृहमन्त्री थापा



१४ साउन, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले आर्थिक वर्ष २०७५÷७६ मा गृह मन्त्रालयले बनाएको कार्यक्रम तथा योजना सफल रहेको बताएका छन ।

मन्त्रालयमा आव २०७५÷७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले भने, “गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मूलभूत रुपमा सफल भएका छौंँ, अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्नेगरी योजना बनाउन आवश्यक छ ।”

सरकारले लिएको दिगो विकासको लक्ष्य, १५औंँ ट विनियोजन हुनुपर्ने टिप्पणी गरे ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगत वर्षका तुलनमा गत आव २०७५÷७६ मा गृहका काम कारवाही प्रभावकारी देखिए पनि अझै असार मसान्तमा कामसक्ने परिपाटीको अन्त्य नभएको बताए । उनले भने, “जेठ १५ मा बजेट आउँदा पनि असार मसान्तमा मात्रै कामसक्ने अवस्थाको निरन्तरता अझै देखियो, अब गृहअन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिकभित्र बोलपत्र आह्वान र छनोट गरिसक्ने, दोस्रो चौमासिकमा काम शुरु गरिसक्ने गरी योजना बनाउनुहोला ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले गत आवमा गृह मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको भन्दै खुशी व्यक्त गरे । बैठकमा गृह मन्त्रालयअन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभागलगायतका निकायले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम