Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

असल शिक्षक कसरी बन्ने ?



teacher asking question with children in classroom

१४ साउन, काठमाडौँ । शिक्षक आफैँ बलेर अरुलाई प्रकाश छर्ने व्यक्ति हो । यसकारण शिक्षक सधैँ अनुशासीत, सरल र नैतिकवान हुनु पर्छ । शिक्षक हुन खाली कक्षा कोठामा उभीएर लेक्चर दिनु मात्रै होइन, विद्यार्थीमा शिक्षाको भोक जगाउनु र त्यो भोक सान्त गराउनु पनि शिक्षकको दायीत्व हो ।

विषयवस्तुको यथेष्ट जानकारी, शिक्षण पेशा प्रतिको समर्पण विद्यार्थीको रुची र स्तर वुझेर पढाउन सक्ने शिक्षकलाई मात्रै गुणवान शिक्षक मानिन्छ । पछिल्लो समयमा शिक्षक सँग विषयवस्तुको ज्ञान सहित प्रवीधीको जानकारी पनि अनिवार्य हुनु पर्दछ ।

भनिन्छ शिक्षकसँग विवेक, अनुशासन, ज्ञान र कलाको सक्तीशाली हतियार हुन्छ । यहि हतियारको प्रयोगवाटै उसले आफ्ना सैयौँ विद्यार्थीको भाग्य र भविष्य बदल्न सक्छ । यसकारण एउटा शिक्षककले निरन्तर सीकिरहेको हुन्छ र सिकाइरहेको हुन्छ ।

यसरी बन्न सकिन्छ असल शिक्षक

शिक्षक वन्नु आफैँमा जटिल र अतिनै महत्वपूर्ण काम हो । शिक्षक हुनु जागीर खानु पटक्कै होइन यो सेवा र समर्पण सहितको उत्कृष्ट पेशा हो । शिक्षक पेशा अवलम्वन गर्ने व्यक्तिले सवैभन्दा पहिला गर्ने काम कक्षा कोठाको व्यवस्थापन हो । हरेक शिक्षक विद्यार्थीको आँखामा सुपर हिरो को रूपमा रहन्छ ।

उक्त हिरोवाट विद्यार्थीले ठूला–ठूला अपेक्षा गरेका हुन्छन् । यसकारण कक्षा कोठामा छिर्दा विशेष तयारीका साथ छिर्नुहोस । कक्षामा रहेका हरेक विद्यार्थीको मनोविज्ञान अध्ययन गर्नुहोस् । अनि प्रत्येक विद्यार्थी सँग आँखामा आँखा जुधाएर पढाउनु होस् । विद्यार्थीको उमेर समूहको खुव ख्याल गर्नुहोस् ।

तपाइले तपाइ मार्फत तपाइका विद्यार्थीले जे सीकुन भन्ने चाहानु हुन्छ त्यसको विशेष रूपमा तयारी गर्नुहोस् । आफ्नो व्यवहार र हाउभाउ विद्यार्थी मैत्री बनाउनुहोस र उद्देश्य परक ढङ्गले पढाउनु होस् ।

शिक्षक विद्यार्थी अन्तरसंवाद हुन सकेन भने त्यो कक्षा कोठा जीवन्त हुन सक्दैन । यसकारण कक्षलाई शान्त बनाउने नाममा विद्यार्थीको आवाज वन्द गराउनु भन्दा कक्षालाई अन्तर संवादमय बनाउनु पर्छ ।

विद्यार्थीलाई मानसीक ह्रयास गराउने तरीकाले कहिल्यै प्रस्तुत नहुनोस । कमजोर विद्यार्थीलाई प्रमोशन गर्ने गरी कक्षामा प्रस्तुत हुनुहोस् ।

सधैँ विद्यार्थीको ध्यान आफूमा तानीने गरी प्रस्तुत हुनुहोस् । विद्यार्थीलाई सकारात्मक सोचका साथ प्रतिष्पर्धा गराउनुहोस । नियमित पाठ्य योजना बनाउन र सरप्राइज टेष्ट लिन नविर्सनुहोस । विद्यार्थीलाई टेष्ट गरेपछि परीणाम पनि सुनाउनुहोस । परीणामको साथमा सधैँ एउटा न एउटा उपहार पनि राख्नुहोस् । यति गर्नु भयो भने तपाइको कक्षा साँच्चै अविस्मरणीय हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले