
१४ साउन, काठमाण्डौं । पाकिस्तान सेनाको विमान दुर्घटना हुँदा विमानसमा सवार १५ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको रावल पिण्डी सहरमा आज बिहान .(मंगलबार) भएको विमान दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
मृतकमा विमानका चालक दलका पाँच सदस्य र १२ जना वस्तिका सर्वसाधारण रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुर्घटनामा परेका केही घाईतेको अवस्था गम्भीर रहेको राहत तथा उद्धारका प्रवत्तला फारुक बटले जानकारी दिएका छन् ।
पाकिस्तानी सेनाका अनुसार विमान प्रशिक्षण उडान गरिएको थियो । अचानक विमान अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । विमान रावल पिण्डी भन्दा बाहिरको मोरा कालू गाउँमा दुर्घटनाग्रस्त भएको थियो । वस्तिमा खसेको उक्त विमानका कारण कयौं घरहरु ध्वस्त भएका छन् । Photo-Ap