back
CTIZAN AD

एकाबिहानै अष्ट्रेलियाको चना हात लाग्दा…

वि.सं.२०७६ साउन १५ बुधवार

1.1K 

shares

‘साहुजी हिजो लगेको चनामा किरा लागेको रहेछ ।’

साहुजी–अर्काे दिउँ त !

लाग्यो, साहुँजीले राम्रो चना भित्र लुकाएर यो बेचेर सिध्याउन आटेका रहेछन्, कति बाठा हुन् ।
साहुँजीले भित्र स्टोरमा पुगेर चना लिएर आए ।

कहाँको चना हो साहुँजी ?

साहुँजी–अष्ट्रेलियाको हो

मन ढक्क फुल्यो, होइन, नेपाली मलिलो माटोमा जहाँ पनि फल्न सक्ने यो नाथे चना पनि हामीले अष्ट्रेलियाबाट ल्याउनु पर्ने रहेछ । ‘त्यसो भए अष्ट्रेलियाको चना खान पाइने भयो होइन त साहुँजी ?’ मैले हाँसो गरे ।

साहुँजी–तपाईले हिजो लगेको भारतको थियो, सानो दाना राम्रो थियो । अलि अलि किरा लागेको, खादा पनि मिठो हुन्थ्यो । यो त्यति राम्रो छैन ।

त्यहि पनि मनले मानेन, १ सय रुपैयाँ किलो त्यहि चना बोकेर मन अमिलो पार्दै अफिस आए । लाग्यो कति परनिर्भर भएछौं हामी । नेपाली रगत हो भनेर कसरी भन्ने ? त्यहि रगत बनाउनका लागि हामीले खाने खाद्यवस्तु सबै विदेशबाट आउँछ ।

नेपाललाई कृषि प्रधान देश, किसानहरुको देश भनिए पनि कृर्षिमा परनिर्भता बढ्दै गईरहेको छ ।

भारत, चीन, कोरिया, मलेसिया, जापान, इटाली, सिंगापुर, थाईल्याण्ड, बहराइन, अमेरिका लगायतका देशबाट धान चामल आयात भएको सरकारी तथ्यांकले देखाएको छ । देशमा बार्षिक झण्डै २ खर्बको कृषिजन्य वस्तु बाहिरी देशबाट आयात भएको पाइन्छ ।

त्यस्तै नेपालका भीर पाखा जहाँतही फल्ने मकै चीन, भारत, ब्राजिल, अर्जेन्टिनाबाट अरबौको आयात भएको पाइएको छ । त्यस्तै भारत, इटाली र चीनबाट गहुँ आयात भएको छ ।

नेपालमा रोजगारीको अभाव रहेको भन्दै उर्वर र खेतीयोग्य जग्गा बाँझो छोडेर युवा विदेशिने क्रम बढ्दा देशले अन्य क्षेत्रमा त वैदेशिक व्यापार घाटा बेर्होदै आएको । तर, ढुंगामा खसेको बीउ पनि उम्रिने हाम्रो जस्तो हावा पानी र माटो भएको देशमा दुई खर्बको हाराहारीमा विदेशबाट कृषिवस्तु आयात हुनु भनेको सम्पूर्ण नेपालीको लागि पीडादायी कुरा हो ।

वि.सं.२०७६ साउन १५ बुधवार ०९:१४ मा प्रकाशित

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...