Logo
१४ चैत्र २०७९, मंगलवार
     Tue Mar 28 2023
E-paper
  English Edition
   Unicode
Logo

सिनच्याङमा २३ लाख नागरिक गरिबीबाट मुक्त



१५ साउन, बेइजिङ । चीनको उत्तर पश्चिमी सिनच्याङ युगुर स्वायत्त प्रदेशमा पाँच बर्षमा २३ लाख १० हजार नागरिक गरिबीबाट मुक्त गरिएको क्षेत्रीय अधिकारीले मङ्गलबार जनाएका छन् ।

सन् २०१३ मा उक्त क्षेत्रको गरिबीदर १९.५ प्रतिशत रहेकोमा सन् २०१८ मा उक्त क्षेत्रको गरिबी दर छ प्रतिशतमा झरेको छ ।

सन् १९७८ मा उक्त प्रदेशको ग्रामिण इलाकाका नागरिकको प्रतिव्यक्ति आय ११९ युआन रहेकोमा सन् २०१८ मा ११ हजार ९७५ युआन पुगेको सिनच्याङ क्षेत्रीय सरकारका प्रमुख शोहरत जकिरले बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा बताए ।

शोहरतका अनुसार सिनच्याङले गत बर्ष गरिबी निवारणका लागि ३३ अर्ब ४० करोड युआन बजेट योजनावद्ध तरिकाले लगानी गरेको र यसको ८५.५ प्रतिशत होतान काश्गर, अक्सु र किजिल्सु किर्गिजमा खर्च गरेको छ ।

सिनच्याङ प्रदेश चीनको सबैभन्दा ठूलो ताक्लीमाकन मरूभूमिको वरपर पर्दछ । चीनका राष्ट्रपति सी चिनपिङको सन् २०२० सम्म चीनबाट गरिबी निवारण गर्ने कार्यक्रम अनुसार चीनले युद्धस्तरमा काम गरिरहेको छ ।

चीनले भौगोलिक विकटता भएका सानातिना वस्तीलाई सामुहिक समाजवादी नमूना वस्तीको विकास गरी गरिब नागरिकलाई पुनस्थापना गर्ने साथै ठूला गरिब बस्ती तथा गाउँमा भौतिक संरचनाको निर्माण गरी गरिबी निवारणको कार्यक्रमलाई सफल कार्यान्वयनमा ल्याएको छ । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ

काठमाडौं । अमेरिकामा रहेर नेपाली समाजका लागि निरन्तररुपमा आर्थिक तथा सामाजिक रुपमा कलम चलाउँदै

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम