back
CTIZAN AD

सिनच्याङमा २३ लाख नागरिक गरिबीबाट मुक्त

वि.सं.२०७६ साउन १५ बुधवार

747 

shares

१५ साउन, बेइजिङ । चीनको उत्तर पश्चिमी सिनच्याङ युगुर स्वायत्त प्रदेशमा पाँच बर्षमा २३ लाख १० हजार नागरिक गरिबीबाट मुक्त गरिएको क्षेत्रीय अधिकारीले मङ्गलबार जनाएका छन् ।

सन् २०१३ मा उक्त क्षेत्रको गरिबीदर १९.५ प्रतिशत रहेकोमा सन् २०१८ मा उक्त क्षेत्रको गरिबी दर छ प्रतिशतमा झरेको छ ।

सन् १९७८ मा उक्त प्रदेशको ग्रामिण इलाकाका नागरिकको प्रतिव्यक्ति आय ११९ युआन रहेकोमा सन् २०१८ मा ११ हजार ९७५ युआन पुगेको सिनच्याङ क्षेत्रीय सरकारका प्रमुख शोहरत जकिरले बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा बताए ।

शोहरतका अनुसार सिनच्याङले गत बर्ष गरिबी निवारणका लागि ३३ अर्ब ४० करोड युआन बजेट योजनावद्ध तरिकाले लगानी गरेको र यसको ८५.५ प्रतिशत होतान काश्गर, अक्सु र किजिल्सु किर्गिजमा खर्च गरेको छ ।

सिनच्याङ प्रदेश चीनको सबैभन्दा ठूलो ताक्लीमाकन मरूभूमिको वरपर पर्दछ । चीनका राष्ट्रपति सी चिनपिङको सन् २०२० सम्म चीनबाट गरिबी निवारण गर्ने कार्यक्रम अनुसार चीनले युद्धस्तरमा काम गरिरहेको छ ।

चीनले भौगोलिक विकटता भएका सानातिना वस्तीलाई सामुहिक समाजवादी नमूना वस्तीको विकास गरी गरिब नागरिकलाई पुनस्थापना गर्ने साथै ठूला गरिब बस्ती तथा गाउँमा भौतिक संरचनाको निर्माण गरी गरिबी निवारणको कार्यक्रमलाई सफल कार्यान्वयनमा ल्याएको छ । सिन्ह्वा

वि.सं.२०७६ साउन १५ बुधवार ०९:०२ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...