back
CTIZAN AD

बेचिने जोखिममा परेका ८८ चेलीलाई समुदायमा पुनःस्थापित

वि.सं.२०७६ साउन १५ बुधवार

897 

shares

१५ साउन, काठमाडौँ । मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५\७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ ।

विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८ जनालाई समुदायमा पुनःस्थापित गराएको केआइएन नेपाल चितवनकी संयोजक केमिका घिमिरेले मङ्गलबार यहाँ मानव बेचविखनविरुद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो । उनले ८८ मध्ये ६८ लाई परिवारसँग र बाँकी २१ लाई सीपमूलक तालीम दिइएको बताउनुभयोबताए । गरीब र विपन्न भएका कारण धैरै चेली बाध्यतामा परेर बेचिन पुगेको घिमिरेको भनाइ छ ।

संस्थाले विसं २०६४ देखि मानब बेचविखन तथा ओसारपसारविरुद्ध देशका १५ जिल्लामा काम गर्दै आएको छ । यस अवधिमा संस्थाले विभिन्न चुनौतीका बावजुद सयौँ चेलीहरु उद्धार गर्दै आएको जनाएको छ ।

चेलीहरु घरमा जानकारी नदिई विवाहको बहाना, भारतमा आफन्तलाई भेट्न जाने, जागिर खान जानेजस्ता विभिन्न कारण देखाई जाने गरेको संयोजक घिमिरेले बताए । केआइएन चितवनले विभिन्न सचेतनामूलक कार्यक्रमसँगै चेलीहरूलाई समुदायमा घुलमिलसँगै सीपमूलक तालीम गराउँदै आएको छ ।

मानव बेचविखनविरुद्व जिल्लामा आश्रित चेलीलाई विगतमा आफूले भोगेको पीडालाई भुलेर सचेतनासँगै आत्मनिर्भर अभियानमा लाग्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले सुझाव दिए। विभिन्न हिंसामा परेपछि चेलीहरु बेचिने जोखिममा परेको भन्दै चितवनमा यस्ता कार्य गर्नेलाई कडाइ गर्ने अभियान सञ्चालन गरिरहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

उनले दिवसकै अवसरमा केआइएनमा आश्रित २१ चेलीलाई एक दिनको सामूहिक भोजनसमेत गराएका थिए । । रासस

वि.सं.२०७६ साउन १५ बुधवार ०९:१५ मा प्रकाशित

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...