back
CTIZAN AD

प्राबिधिक सक्षमता नै संघीयताको सफलताको पूर्वाधार होस्

वि.सं.२०७६ साउन १५ बुधवार

729 

shares

नेपालको संघीय राज्य व्यवस्था यदि केही गरी असफल भयो भने त्यो हाल बिद्यमान चरम अब्यवस्थित र ध्वस्त भएको प्राविधिक ब्यवस्थापन एवं प्राविधिक–प्रशासनका कारण हुनेछ । संघीय ब्यवस्थामा सबैभन्दा अपहेलित र लथालिंग पारिएको क्षेत्र ईन्जिनियरिंग एवं कृषि प्राविधिक प्रशासनिक व्यवस्था नै हुन पुगेको छ । मुलुकको क्षमता भनेकै प्राविधिक क्षमता हो र यसका अनुकूल माहौल भनेको चुस्त प्रशासनिक व्यवस्था हो ।

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमै चउरमा चिप्लिएको एउटा जाबो जहाज झिक्न सारा राज्य संयन्त्र लाग्दा पनि ८ घण्टा लाग्छ । सारा उडान अवतरण रद्द वा डाईभर्ट गर्नुपर्छ । यस्तो प्राविधिक क्षमतारहित निरीह देशले २० लाख पर्यटक भित्राएर कुस्त कमाउने र आईफा आयोजना गरेर पर्यटन प्रवर्धन गर्छु भन्ने लहडी रहर किन पालिरहेको होला बुझिनसक्नु छ ।

बाढी, डुबान, पहिरो, वर्षात्को पानी ब्यवस्थापन, खानेपानी ब्यवस्थापन, निर्माण तथा प्रोजेक्ट ब्यवस्थापन, ठेक्का तथा खरिद ब्यवस्थापन, घरायसी ढल ब्यवस्थापन, दिसा ब्यवस्थापन, नदी स्वच्छता ब्यवस्थापन, ट्राफिक ब्यवस्थापन, सडक दुर्घटना ब्यवस्थापन, सीमा तथा जग्गा ब्यवस्थापन, सरकारी धनसम्पत्ति,जग्गाजमिन संरक्षण तथा ब्यवस्थापन, राष्ट्रिय सम्पत्ति ब्यवस्थापन जस्ता प्राविधिकीय ब्यवस्थापनमा देखिएको लथालिंगेपनाले नेपाल भन्ने देश प्राविधिक दृष्टिले बिश्वकै तन्नम् बनिसकेको र भैसकेको अवस्थामा रहेको प्रमाणित गर्दैन र ?

जलउत्पन्न प्रकोप नियन्त्रण विभाग खाइसकियो, जल तथा उर्जा आयोग वर्षौं देखि कुम्भकर्णे निद्रामा छ । सहर र बस्तिका समग्र चरित्र र समस्या हेर्ने, व्यवस्थित गर्ने कुनै सक्षम प्राविधिक शक्तिशाली निकाय छैनन् । बजेट हत्याउन पाए सबै निकायहरू जे काम गर्न पनि कुस्ताकुस्ति गर्छन् र जसले साँठगाँठ गर्न सक्छ उसले अर्थबाट जति पनि वजेट हत्याउन सक्छ र मज्जाले ठेक्का लाएर बजेट खर्च गर्छ । नेपालको भौतिक संरचना विकास संस्कृति एवं ब्यवहार विगत ३ दशकदेखि यस्तै यही रहदै आएको छ । तर, प्रकृति भने कुनै मूर्ख नेपाली नेता, प्राविधिज्ञ वा योजनाकार वा सरकारको आदेश÷निर्देशनले चल्दैन । प्रकृतिले आफ्नो काम निष्पक्ष तरिकाले गर्दै रहन्छ । अहिले नेपालीको बर्षेनीको निरन्तरको पुनरावृत्त प्राकृतिक बिपत्ती भोगाई बिगतको कुकर्मको कुफल नै हो, यो भाग्य हामी आफैले वनाएका हौं ।

छैन अरूलाई कुनै दोष !
जैसा करनी वैसा भरनी !

लेखक, उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ साउन १५ बुधवार ११:४८ मा प्रकाशित

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगामा अम्बिरबाबु गुरूङ नै किन ?

ओखलढुंगा जिल्ला लामो समयदेखि ओझेलमा पर्‍यो, विकासमा पछाडी पर्‍यो।तपाइको समर्थन...

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

साँस्कृतिक उपनिवेशवादको प्रभाव र बच्ने उपाय

१. पृष्ठभूमि सांस्कृतिक उपनिवेशवाद भनेको एक प्रमुख संस्कृतिको मूल्यमान्यता, विश्वास...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेकपाको बढ्दो लोकप्रियता

नेकपाको बढ्दो लोकप्रियता

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा सदस्य निर्वाचन...

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक–आर्थिक विश्लेषणमा ऐतिहासिक विधिको महत्व

सामाजिक परिवर्तनको अध्ययनमा ऐतिहासिक विधिमा विगतका घटनाहरू, संस्थाहरू र सामाजिक...