१५ साउन, बारा । जिल्ला प्रशासन कार्यालयका बाराका नायब सुब्बा सरोज महतो घुस रकम सहित पक्राउ परेका छन् ।
महतोले पुरानो मुद्दाको पेशी चढाई चाँडै मुद्दा सकिदिने भन्ने बहाना बनाएर सेवाग्राहिसँग घुस मागेका थिए ।
उनले सेवाग्राहिसँग १० हजार घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले महतोलाई उनकै कार्यालयबाट रंगेहात नियन्त्रण लिएको हो ।
उनीमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।