back
CTIZAN AD

जिपी कोइराला फाउन्डेशन मकाउद्धारा सत्यवतीका पहिरोपीडितलाई आर्थिक सहयोग

वि.सं.२०७६ साउन १६ बिहीवार

888 

shares

१६ साउन, काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–३ र ४ लिम्घा गाउँका बाढीपीडितलाई गिरिजाप्रसाद कोइराला फाउण्डेशन मकाउ शाखाले आर्थिक सहयोग गरेको छ ।

फाउण्डेशन मकाउ शाखाले बुधबार मण्डिखाटारमा गुल्मीको सत्यवती गाउँपालिका–३ र ४ लिम्घा गाउँमा जस्तापाता किन्नका लागि रु तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त गाउँमा साउनमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका थिए ।

नेपाल चेम्बर अफ कमर्श मकाउ, नेपाल जनसम्पर्क समिति मकाउ र एनआरएन मकाउ, गुल्मी लिम्घा गाउँका बासिन्दाबाट सङ्कलन गरेर पठाएको रकम फाउण्डेशन मकाउकी संयोजक निर्मला थापामगरले फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालालाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा मकाउ शाखाकी संयोजक थापामगरले नेपाल चेम्बर अफ कमर्श मकाउका अध्यक्ष सुदर्शन थापामगर, नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङ, एनआरएनए मकाउकी अध्यक्ष शान्तिदेवी अधिकारी, Top Builders Group का Director mr.Forest Tang, हेड्स नेपाल, पीडित गाउँ बासिन्दा ऋषिराम भट्टराई, रुद्रहरी ज्ञवाली, केशव ज्ञवाली, तारा बस्नेत, नरेन्द्रबहादुर खसु, लगायतको सक्रियतामा उठाएर पठाएको रकम हस्तान्तरण गरेको जानकारी दिइन् ।

फाउण्डेशनका केन्द्रीय अध्यक्ष कोइरालाले गुल्मीका बाढीपीडितलाई मकाउ शाखाले गरेको सहयोगले थोरै भएपनि राहत पुगेको बताइन् । “फाउण्डेशनले स्वदेशी तथा विदेशी सङ्घसंस्थासँग सहकार्य गरेर मुलुकको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासमा काम गर्नेछ,”–उनले भनिन् ।

फाउण्डेशनले हाल अमेरिका, जापान, मकाउ, हङकङ, कतार, भारतलगायतका एक दर्जन मुलुकमा शाखा विस्तार गरेर मुलुकको विकासका लागि काम गर्दै आएको जनाएको छ ।

वि.सं.२०७६ साउन १६ बिहीवार १०:५४ मा प्रकाशित

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...