back
CTIZAN AD

बाँके निकुञ्जमा बाघको सङ्ख्या २१ पुग्यो

वि.सं.२०७६ साउन १६ बिहीवार

972 

shares

१६ साउन, धम्बोझी । चालु आर्थिक वर्षमा २०७६÷७७ मा बाँके राष्ट्रि«य निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो ।

वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताए ।

विसं २०६७ मा स्थापना भएको निकुञ्जमा पर्यटक स्वदेशी तथा विदेशी गरी गत आव २०७५÷७६ मा १०० जनाले अवलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए ।

बाँके निकुञ्जमा वन्यजन्तुको चोरी शिकारी तथा अपराध अवैध व्यापारका ५४ वटा मुद्दा छन् ३७ वटा अदालतमा मुद्दा परेका छन् भने १७ वटा निकुञ्जको कार्यालयमा दर्ता भएका छन् । चोरी शिकारी गरेको आरोपमा ३३८ जना पक्राउ परेको उनले बताए ।

गत आव २०७५÷७६ मा ३४ वटा मुद्दामध्ये १४ वटा मुद्दा जिल्ला अदालतमा र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् । वन कार्यालयबाट १२७ जना पक्राउ परेका छन् । अधिकांश मुद्दा सुकुटीको व्यापार र जडीबुटीको व्यापार भएको कर्णाली प्रदेशको प्रवेशद्वारा हुम्लाबाट अवैधरूपमा व्यापार वन्यजन्तुको सुरक्षाको लागि संरक्षण चिन्ता बढेको सहायक संरक्षण अधिकृत थपलियाले बताए ।

बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५÷७६ मा वन्यजन्तु सडक दुर्घटनामा ७२ वटा मारेका थिए भने अघिल्लो आव २०७४÷७५ मा ४५ वटा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको थपलियाले बताए । पूर्व–पश्चिम राजमार्गको ७२ किलोमिटर क्षेत्र बाँके राष्ट्रिय निकुञ्जभित्र पर्दछ भने रत्न राजमार्गमा ३० किलोमिटर निकुञ्जको क्षेत्रफल जोडिएको छ ।

वन्यजन्तु संरक्षण गर्ने क्रममा निकुञ्जले आव २०७४÷७५ मा ११ वटा र गत आव २०७५÷७६ मा ४३१ वटा वन्यजन्तुको उद्धार गरेको छ ।

आव २०७४÷७५ मा निकुञ्जका वन्यजन्तुबाट क्षति भएका ३०५ घरधुरीमध्ये रु १४ लाख २८ हजार ७२ पीडितलाई राहत वितरण गरेको निकुञ्जले जनाएको छ भने गत आवमा ४१८ घरधुरीका परिवारलाई रु ६० लाख ९३ हजार ४२ राहत वितरण गरेको थपलियाले बताए ।

वि.सं.२०७६ साउन १६ बिहीवार ११:०२ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...