back
CTIZAN AD

उपकुलपति नियुक्तिका लागि चलखेल सुरु

वि.सं.२०७६ साउन १७ शुक्रवार

957 

shares

१७ साउन, काठमाडौँ । प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोका रुपमा रहेका देशभरका विश्वविद्यालयहरुमा राजनीतिक पहुँच र आस्थाका आधारमा उपकुलपति नियुक्ति हत्याउन विभिन्न व्यक्ति दौडधुपमा लाग्न थालेका छन् ।

यसअघि धेरैपटक लाभको पदमा बसेर भरमग्दुर फाइदा लिएका व्यक्ति नै पुःन उपकुलपति बन्न राजनीतिक रुपमा लबिङ गरिरहेका हुन् । उपकुलपति पद आफ्नो पोल्टामा पार्न विशेषत सत्तारुढ दल नेकपा निकटका प्राध्यापकहरुले उच्च तहका नेतासँग लबिङ गरिरहेको स्रोतले बताएको छ ।

त्रिभुवन विश्वविद्यालयसहित नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिममञ्चल विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आगामी ५ भदौबाट उपकुलपति रिक्त हुँदै छ ।

ती विश्वविद्यालयको उपकुलपति आफ्नो पोल्टामा पार्न दौडधुप र राजनीतिक लबिङ सुरु भएको हो । कहिले प्राध्यापक नियुक्तिमा भागबन्डा त कहिले अंक चढाएर विद्यार्थीलाई सर्वाेत्कृष्ट बनाएको भन्दै विवादमा तानिएका ती विश्वविद्यालयमा यतिबेला उपकुलपति नियुक्तिको चलखेल सुरु भएको हो । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ साउन १७ शुक्रवार ०७:३८ मा प्रकाशित

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...