back
CTIZAN AD

ब्रुसलीको फिल्म हेरेपछि के भयो संगीना बैद्यलाई ?

वि.सं.२०७६ साउन २० सोमवार

852 

shares

पूर्व तेक्वान्दो खेलाडी तथा प्रशिक्षक संगीना बैद्य बाल्यकालमा आफ्नो एक खुट्टा पूरै जलेपछि नुवाकोटको त्रिशुलीमा रहेको एक अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । उपचारको लागि भर्ना भएकी १० वर्षे उनी नर्सहरुले गरेको सेवाबाट धेरै प्रभावित भइन् । बैद्यले भविष्यमा आफू पनि नर्स बन्छु भनिन् ।

तर, समय र परिस्थिति अनुसार चल्नुपर्ने मानब चोलामा संगीनाको जीवनमा पनि त्यस्तै परिस्थिति आइपर्यो जसका कारण उनी नर्स नबनेर तेक्वान्दो खेलाडी बनिन् ।

संसारमा केही त्यस्ता उदाहरणीय व्यक्तित्व हुन्छन् । उनीहरुले जीवनमा गरेका उत्कृष्ट कामहरुलाई धेरैले पछ्याउछन् । संगीनाको जीवनमा पनि त्यस्तै मोड आयो । उनले बाल्यकालमै एकदिन ब्रुसलीको फिल्म हेरिन् ।

त्यो फिल्मबाट यति प्रभावित भइन् कि, उनले आफू पनि मार्सल आर्ट खेल्ने सपना बुन्न थालिन् । त्यहि सपनाले उनलाई तेक्वान्दो खेलाडी मात्र बनाएर प्रशिक्षक पनि बनाइ छाड्यो ।

उनलाई त्यतिबेला ब्रुसली जस्तै बन्ने हुटहुटी चल्यो । त्यतिबेला उनको स्कुलमा भलिवल, एथलेटिक्सबाहेक अरु खेल थिएन । मार्सल आर्ट सिक्न उनी काठमाण्डौं नै आउनु पथ्र्यो । उनले नयाँपत्रिकासँग भनेकी छन् ‘एसएलसीपछि कलेज पढ्न काठमाण्डौं आए, त्यतिबेला नै मार्सल आर्टको क्लास लिए यसरी म तेक्वान्दो खेलाडी बने ।’

वि.सं.२०७६ साउन २० सोमवार ११:४५ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...