back
CTIZAN AD

पहिरोमा परी तीनको मृत्यु

वि.सं.२०७६ साउन २० सोमवार

819 

shares

२० साउन, बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा हराएका असारी र प्रवीणको शव केहीबेर अघि भेटिएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीले जानकारी दिए। पञ्चकुमारीको शव भने बिहानै पहिरोबाट निकालिएको थियो ।

पहिरोमा परी सात जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये ओमबहादुर श्रीपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र पठाउने तयारी भइरहेको छ । पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ ।

क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ । १५० मिटरमाथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको जनाइएको छ ।

अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको छ । उद्धारमा प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिएका छन् ।रासस

वि.सं.२०७६ साउन २० सोमवार १२:१२ मा प्रकाशित

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको...

सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट ९बागलुङ० ।सत्कारले लोभिन्छन् घरबासका पाहुना। साँझमा घरधन्दा सकेका घरबास...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...