back
CTIZAN AD

कर्णालीमा ६०० बढी कर्मचारी अपुग

वि.सं.२०७६ साउन २१ मंगलवार

1.1K 

shares

२१ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए । “हालसम्म ९३६ कर्मचारी हाजिर भइसकेका छन्, ३९८ कर्मचारी हाजिर हुन बाँकी छ”, उनले भने , “यहाँ तोकिएको दरबन्दीभन्दा ६०० बढी कर्मचारीले प्रदेश रोज्न चाहेनन्, यस वर्ष पनि सरकारले कर्मचारीको समस्या भोगिरहनु पर्ने अवस्था छ ।” उनले ६५८ कर्मचारीको अपुग रहेको बताए ।

समायोजनका क्रममा कर्णाली प्रदेशका लागि एक हजार ९९२ कर्मचारीको दरबन्दी छुट्याइएको थियो । एक हजार ३३४ कर्मचारीले मात्रै कर्णालीलाई रोजेका थिए ।

कर्णालीलाई सबैभन्दा बढी प्राविधिक समूहका कर्मचारीहरुको अभाव रहेको छ । माथिल्लो तहका प्राविधिक कर्मचारीहरुले कर्णाली आउन नचाहेकाले योजना तथा पूर्वाधारका कार्यक्रमहरु सञ्चालन समस्या हुने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी उपाध्यायका अनुसार समायोजनपछि कर्णाली प्रदेशमा हाजिर हुन आएका कर्मचारीहरुमा प्रशासनतर्फ ३४०, लेखातर्फ १२२, राजश्व उपसचिवतर्फ एक कर्मचारी रहेका छन् ।

त्यस्तै, वनतर्फ हाजिर हुन आएका २८२ कर्मचारीमध्ये सबैभन्दा धेरै श्रेणीविहीन वनरक्षक २४० हाजिर भएका छन् । इञ्जिनीयरिङ ५९, कृषितर्फ १०३, योजना तथा तथ्याङ्कमा छ, विविधमा २९, स्वास्थ्यतर्फ तीन कर्मचारीहरु कर्णालीमा हाजिर भएका छन् । सरकारले ठूलो सङ्ख्यामा कर्मचारी अभाव हुँदा दैनिक प्रशासन सञ्चालनदेखि विकास योजना सञ्चालन गर्नसमेत समस्या हुने गरेको बताएको छ ।रासस

वि.सं.२०७६ साउन २१ मंगलवार ११:२९ मा प्रकाशित

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

रुकुम पूर्व । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको एकमात्र...

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगु । छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको...

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख...

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

जुम्ला । जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको...