२१ साउन, काठमाण्डौं । ३७ वर्षीय बलर जेम्स एन्डरसन पहिलो टेष्टमा अष्ट्रेलिया विरुद्ध बलिङका क्रममा घाईते भएका छन् ।
पहिलो टेस्टमा उनले चार ओभर मात्र गरे । ४ ओभर गरेपछि उनले मैदान छाडेका हुन् । टेस्ट खेलकै क्रममा उनको खुट्टामा चोट लागेपछि उनले दोस्रो टेस्टमा खेल्न नपाउने भएका हुन् ।
दुई एमआरआई स्क्यानपछि मात्र उनलाई थाहा भयो उनको पुरानो चोट बल्झिएको छ भनेर ।
उनलाई त्यो चोट जुलाई २ मा lanscashire का लागि काउन्टी च्याम्पियनशिप खेलमा म्गचजबm विरुद्ध खेल्दा लागेको थियो । खुट्टाकै कारण अब उनले अगस्त ९ मा हुने दोश्रो टेस्ट खेल खेल्न नपाउने भएका हुन् । उक्त खेल लड्समा हुनेछ ।
ईङल्याण्डका सर्वश्रेष्ठ बलर जेम्स एन्डरसनले पहिलो खेलमा पूरै बलिङ गर्न नसक्दा इङल्याण्डले अष्ट्रेलियासँग २५१ रनले हार बेर्होनु परेको थियो । अर्को खेलमा जेम्स एन्डरसनको स्थानमा अर्को तेज बलर आर्चरले मौका पाउन सक्ने बताइएको छ ।
वि.सं.२०७६ साउन २१ मंगलवार १६:४४ मा प्रकाशित


























