back
CTIZAN AD

अफगान नागरिकलाई तालिबानको चेतावनी

वि.सं.२०७६ साउन २१ मंगलवार

789 

shares


२१ साउन । अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ । सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुनगइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ ।
यस अगाडीका निर्वाचनहरुमा पनि तालिबान र अन्य विद्रोही समूहहरूले लगातार आक्रमण गर्दै आएका थिए । यस वर्ष त चुनावी हिसा शुरु भइसकेको छ ।
अफगानिस्तानमा राष्ट्रपतीय पदको निर्वाचन अगामी सेप्टेम्बर २८ को लागि तय भएको छ । तर यसको चहलपहल सुरु हुन सकेको छैन र केही उम्मेदवारहरूले आफ्नो चुनावी अभियान सुरु गर्न सेकेका छैनन् ।
यस निर्वाचनलाई निरिक्षण गरिरहेका कैयौ पर्यवेक्षकहरुका अनुसार यो चुनाव पुनः स्थगित हुनेछ भन्ने रहेको छ । अमेरिका र तालिबानबीच शान्ति अन्तिम सम्झौताको लागि भन्दै यसअघि नै दुई पटक राष्ट्रपतीय चुनाव स्थगित गरिएको छ ।
अफगानिस्तानको चुनावले कुनै खास महत्व नराख्ने तालिबानले बताएको छ । सन् २०१४ को राष्ट्रपति चुनावमा पनि ठगी र धोखा भएको तालिबानले आरोप लगाएका छन् ।
अमेरिकाको आदेशमा राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँड गर्ने सम्झौता भएको तालिबानको भनाई रहेको छ ।
चुनाबी अभियानको शुरुमा नै यसै महिनाको पहिलो दिन उपराष्ट्रपतिका उम्मेदवारका अम्रुल्लाह सालेहकोे कार्यालयमा गरेको आत्मघाती आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको थियो । (रासस)

वि.सं.२०७६ साउन २१ मंगलवार १६:३३ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...