back

एशियाका लघु जलविद्युत् व्यवसायीको सम्मेलन नेपालमा सुरु

वि.सं.२०७३ मंसिर ७ मंगलवार

441 

shares
GLOBAL IME AD
NTC AD

 काठमाडौँ। दक्षिण तथा दक्षिण पूर्वी एसियाका लघु जलविद्युत् व्यवसायीको संस्था ‘हाइड्रो इम्पावरमेन्ट नेटवर्क’को तेस्रो वार्षिक सम्मेलन तथा कार्यशाला गोष्ठी आजदेखि यहाँ सुरु भएको छ ।

नेपाल लघु जलविद्युत् विकास संस्थाको आयोजनामा भएको चारदिने उक्त सम्मेलनको जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गर्नुभयो ।

सम्मेलनमा दक्षिण तथा दक्षिण पूर्वी एसियाका नेपालसहित भारत, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, लाओस, मलेसिया, बर्मा, फिलिपिन्स, थाइल्यान्डका १२ देशका करिब ५० लघु जलविद्युत् व्यवसायीको सहभागिता रहेको छ ।

सम्मेलनमा प्रत्येक देशका कम्तीमा एकदेखि बढीमा पाँच लघु जलविद्युत्सम्बन्धी संस्थाको सहभागिता छ । नेपालका तर्फबाट आयोजक लघु जलविद्युत् विकास संस्थासँगै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्जिनियरिङ डेभलपमेन्ट नेपाल, रिजनल सेन्टर फर एक्सलेन्स माइक्रो हाइड्रो र प्रेक्टिकल एक्सन साउथ एसियाले भाग लिएका छन् । कार्यक्रमअनुसार बुधबार हुने नेपाल विशेषमा यहाँ भएका लघु जलविद्युत्बारे छलफल हुने आयोजकको भनाइ छ ।

कार्यक्रममा मन्त्री जोशीले विदेशबाट आएको आर्थिक सहयोगले नेपालमा जलविद्युत्को क्षेत्रमा फाइदा पुगेको बताउँदै लघु जलविद्युत् नेटवर्कमा रहेका सबै देशबीच प्राविधिक र व्यवस्थापन क्षमता आदानप्रदान गर्दै एकरुपता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

भारतीयमूलका अमेरिकी व्यवसायी दीप्ति बेगेलाले लघु जलविद्युत्मा नेपाल अग्रणी देश भएको बताउँदै अन्य धेरै देशमा नेटवर्क विस्तार गर्न नेपालको भूमिका प्रमुख हुनुपर्नेमा जोड दिनुभयो । आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले नेपालको लघु जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रको सहभागिता अझ व्यापक बनाउने योजना रहेको बताउनुभयो ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०९:१४ मा प्रकाशित

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज फेरी स्थानैय बजारमा सुनको मूल्य बढेको छ...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

समितिद्वारा फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण

समितिद्वारा फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका...

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...