back
CTIZAN AD

एशियाका लघु जलविद्युत् व्यवसायीको सम्मेलन नेपालमा सुरु

वि.सं.२०७३ मंसिर ७ मंगलवार

840 

shares

 काठमाडौँ। दक्षिण तथा दक्षिण पूर्वी एसियाका लघु जलविद्युत् व्यवसायीको संस्था ‘हाइड्रो इम्पावरमेन्ट नेटवर्क’को तेस्रो वार्षिक सम्मेलन तथा कार्यशाला गोष्ठी आजदेखि यहाँ सुरु भएको छ ।

नेपाल लघु जलविद्युत् विकास संस्थाको आयोजनामा भएको चारदिने उक्त सम्मेलनको जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गर्नुभयो ।

सम्मेलनमा दक्षिण तथा दक्षिण पूर्वी एसियाका नेपालसहित भारत, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, लाओस, मलेसिया, बर्मा, फिलिपिन्स, थाइल्यान्डका १२ देशका करिब ५० लघु जलविद्युत् व्यवसायीको सहभागिता रहेको छ ।

सम्मेलनमा प्रत्येक देशका कम्तीमा एकदेखि बढीमा पाँच लघु जलविद्युत्सम्बन्धी संस्थाको सहभागिता छ । नेपालका तर्फबाट आयोजक लघु जलविद्युत् विकास संस्थासँगै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्जिनियरिङ डेभलपमेन्ट नेपाल, रिजनल सेन्टर फर एक्सलेन्स माइक्रो हाइड्रो र प्रेक्टिकल एक्सन साउथ एसियाले भाग लिएका छन् । कार्यक्रमअनुसार बुधबार हुने नेपाल विशेषमा यहाँ भएका लघु जलविद्युत्बारे छलफल हुने आयोजकको भनाइ छ ।

कार्यक्रममा मन्त्री जोशीले विदेशबाट आएको आर्थिक सहयोगले नेपालमा जलविद्युत्को क्षेत्रमा फाइदा पुगेको बताउँदै लघु जलविद्युत् नेटवर्कमा रहेका सबै देशबीच प्राविधिक र व्यवस्थापन क्षमता आदानप्रदान गर्दै एकरुपता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

भारतीयमूलका अमेरिकी व्यवसायी दीप्ति बेगेलाले लघु जलविद्युत्मा नेपाल अग्रणी देश भएको बताउँदै अन्य धेरै देशमा नेटवर्क विस्तार गर्न नेपालको भूमिका प्रमुख हुनुपर्नेमा जोड दिनुभयो । आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले नेपालको लघु जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रको सहभागिता अझ व्यापक बनाउने योजना रहेको बताउनुभयो ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०९:१४ मा प्रकाशित

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

ललितपुर । नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालका विभिन्न विश्वविद्यालयमा वित्त...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...