back
CTIZAN AD

बक्राहा खोलामा तीन अर्ब पचास करोडको गुरूयोजना

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.1K 

shares

७ मङ्सिर, विराटनगर  । मोरङको बक्राहा खोलामा तटबन्ध निर्माणका लागि रु तीन अर्ब ५० करोडको गुरूयोजना तयार गरिएको छ ।

नदीको दुवैतर्फ पुरानो तटबन्धको उचाइमा बढोत्तरी, स्पर निर्माणलगायतका कार्य सम्पन्न गर्न गुरूयोजना तयार पारिएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्रमुख देवनारायण साहले जानकारी दिनुभयो ।

जिल्लाको ५२ किलोमिटर क्षेत्रमा बग्ने सो नदीले १८ गाविसलाई प्रत्यक्ष प्रभावित पार्दै आएको छ । वर्षायाममा बाढी बस्तीमा पस्ने, बालीनालीलाई क्षति गर्नुका साथै खेतीयोग्य जमिन बगरमा परिणत हुने क्रम बढ्दै गएको छ ।

तटबन्ध निर्माणमा रु एक करोड ७५ लाख तथा अन्य प्रभावित क्षेत्रमा बाँकी रकम खर्च गरिनेछ । यस्तै लोहन्द्रा खोलाबाट प्रभावित क्षेत्रमा तटबन्ध निर्माण तथा मर्मतका लागि रु तीन करोड विनियोजन गरिएको छ । गछिया खोलाका लागि रु ६० लाख, बूढी खोला रु ५० लाख, सरजु खोला रु ६० लाख, सेउती खोला रु ६० लाख र शेरा खोलाका लागि रु ५० लाख रकम विनियोजन गरिएको कार्यालयका प्रमुख साहले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०९:१५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...