back
CTIZAN AD

स्वास्थ्यमन्त्री द्धारा पहिलो तलब कोषलाई दिने घोषणा

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.2K 

shares

gagan thapa

७ मङ्सिर, काठमाडौँ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी (बाल अर्बुद उपचार विभाग) कोषलाई दिनुभएको छ ।

मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुग्नुभएका थापाले त्यहाँ उपचाररत बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने भनी त्यति बेला नै घोषणा गर्नुभएको थियो । सोही अनुरुप उहाँले सोमबार रकम हस्तान्तरण गर्नुभएको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।

उहाँले अस्पतालमा उपचार गर्न आउने विपन्नलाई सहयोग गर्नका लागि सम्भ्रान्त एवं सम्पन्न वर्गलाई आह्वान गर्नुभएको थियो ।

अस्पतालमा अर्बुद रोगपीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको सो कोषलाई अर्थ अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने नपर्ने भावनाका साथ सशक्त बनाउन निर्देशन दिनुभएको थियो ।

सो निर्देशन अनुसार नै अहिलेसम्म कुनै पनि बालबालिका अर्थाभावका कारण उपचारबाट वञ्चित हुनु नपरेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताउनुभयो ।
उहाँका अनुसार गत वर्ष पुराना पाँच सय ८४ र नयाँ ४५ जनाको उपचार गरिएको थियो । अंकोलोजी वार्डमा २६ श्यया छन् । सन् १९९७ मा बेलायतीले सुरु गरिदिएको कोषमा अहिले रु चार करोड छ ।

मन्त्री थापाको सहयोग र समर्थनले आफूहरुलाई हौसला बढेको बताउँदै उहाँले कोषमा रकम बढाउन अरुलाई पनि प्रेरणा मिल्ने विश्वास गर्नुभयो । मन्त्री थापाले कान्ती अस्पतालको मात्र नभई अन्य अस्पतालमा स्थापना भएका कोषलाई पनि प्रभावकारी र मजबुत गराउन आग्रह गर्नुभएको छ । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०९:१७ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...