back
CTIZAN AD

नेपालको हित विपरीत संविधान संशोधन नगर्न आग्रह

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.2K 

shares

७ मङ्सिर, काठमाडौँ । युवा सङ्घ नेपाल र अनेरास्ववियुले नेपाली जनताको इच्छा र भावना विपरीत संविधान संशोधन नगर्न आग्रह गरेका छन् ।

दुई सङ्गठनले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विदेशीको इशारामा संविधान संशोधनभन्दा कार्यान्वयनमा जोड दिन आग्रह गरे । सङ्घका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयन प्रमुख प्राथमिकता भएकाले संशोधनतर्फ नअल्झन आग्रह गर्दै नेपालीको हितमा नभई विदेशीलाई रिझाउन संशोधनको प्रयास गर्न थालिएको आरोप लगाउनुभयो ।

“हिन्दीलाई राष्ट्रिय भाषा र अङ्गीकृत नागरिकलाई उच्च पदमा पु¥याउनका लागि संशोधनको प्रयास गरिँदैछ”, उहाँले भन्नुभयो – “संशोधन राष्ट्र हित विपरीत हुँदैछ । त्यो हामीलाई मान्य हुँदैन ।”
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले संशोधन केका लागि गर्न थालिएको भन्ने कुरा अन्योल छ भन्नुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संशोधन षडयन्त्रपूर्वक गर्न थालिएको आरोप लगाउनुभयो ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०९:१८ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...