back
CTIZAN AD

सुत्केरी आमाको मृत्युपछि १३ र ११ बर्षे बालिका किरियामा

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.2K 

shares

11

७ मङ्सिर, तम्घास,गुल्मी । गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्यु पछि दुई छोरी किरिया बसेका छन् ।

पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए ।

कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन् । मङ्सिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

‘प्रसूति अवस्थामा पक्षघातले समेत थलापारेपछि उनकोे मृत्यु भएको हो,’ दर्गाकुमारीका छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरले भन्नुभयो, ‘अहिले १३ वर्षकी सङ्गिता र ११ वर्षकी रमिता उनको किरिया बसेका छन् ।

गाउँलेकै सल्लाहअनुसार श्रीमान्लाई किरिया नबसालेर छोरीलाई किरिया बसालिएको हो । आठ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको उहाँले बताउनुभयो ।
उनले जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिक छोरीलाई भने धर्मछोरी बानाएर पाल्नको लागि आफूले लगेको पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी गाविस– ९ का विश्व भुसालले बताउनुभयो ।

दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँतर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन् । आर्थिक अभावकाकारण उनलाई उपचार गर्न नलगिए पनि सिकिस्त अवस्थामा भने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र त्यहाँबाट बुटवल प¥याइए पनि बढि खर्च लाग्ने भएपछि परिवारका सदस्यले उनको उपचारमा सहयोग जुटाउन सकेनन् ।
अहिले ती छोरीहरुको अध्ययनमा सहयोग पु¥याउन रकम सङ्कलन गरिरहेकाले सहयोग गर्न आग्रह गर्दै शिक्षक कुँबरले भन्नुभयो– ‘‘मेरै नेतृत्वमा सहयोग सङ्कलनको काम गरिरहेका छाँ र केही रकम सङ्कलन पनि भएको छ ।

 

वि.सं.२०७३ मंसिर ७ मंगलवार १०:३० मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...