back
CTIZAN AD

अनावश्यक समयमा विद्युत् प्रयोग नगर्न सेवाग्राहीलाई ऊर्जामन्त्रीको आग्रह

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.1K 

shares

janardan-sharma

७ मङ्सिर,काठमाडौँ । तपाईले आफ्नो कार्यालय वा सार्वजनिक स्थानमा अनावश्यक रुपमा बत्ती बालेर छाड्नु भएको छ वा हिटर पङ्खा चलाएर ननिभाइकन छाड्नुभएको छ ? अब त्यसो नगर्नु होला ।

सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ ।

विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा विद्युत् प्रयोग बढी भइरहेको पाइएपछि त्यसखालको परिपत्र गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारभित्रैका मन्त्रालय, सरकारी भवन तथा गैरसरकारी क्षेत्रमा समेत कार्यालय समयपछि समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको भन्ने सूचनाका आधारमा मन्त्री शर्माले उक्त निर्देशन दिनुभएको उहाँका स्वकीय सचिव विक्रान्त शर्माले राससलाई जानकारी दिनुभयो ।

यस्तै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग, अन्य आङ्गिक क्याम्पसमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको गुनासो मन्त्रालयको गुनासो सुनुवाइ इकाइमा प्राप्त भएको छ । सरकारी निकायले नै विद्युत् महसुल नबुझाएको भन्ने प्राधिकरणको दाबी र त्यस्तै निकायमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको पाइएपछि मन्त्रालयले परिपत्र गर्न लागेको हो ।

प्राधिकरणले यसअघि नै साँझ बढी विद्युत् माग हुने समयमा पानी तान्ने पम्प, हिटर, गिजरलगायत सामग्री प्रयोग नगर्न आग्रह गरिसकेको छ । दिउँसो काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिकामा सडक बत्ती बलिरहेको भन्ने सूचनाका आधारमा त्यस्ता सडक बत्ती निभाउन समेत सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ ।

काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त गरेको र त्यसलाई नियमित रुपमा राख्न सबैको साथ र सहयोग जरुरी रहेको भन्दै प्राधिकरणले त्यसखालको सहयोगको अपेक्षा गरेको छ । साँझ ६ बजेदेखि राति नौ बजेसम्म उपत्यकालाई मात्रै ३१५ मेगावाट विद्युत्को आवश्यकता पर्छ ।

विद्युत्भार कटौतीको अन्त्यपछि काठमाडौँ उपत्यकामा रु १६ अर्बको डिजेल बचत भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले विद्युत्भार कटौती अन्त्यको स्वागत गर्दै सरकारलाई सक्दो सहयोग गर्ने जनाएको छ । महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सामान्य सुधार मात्रै गर्ने हो भने पनि विद्युत्भार कटौती अन्त्य गर्न सकिने देखिएकाले त्यसमा सहयोग गर्न उद्योगी व्यवसायी तयार रहेको बताउनुभयो ।

इन्भटर नचल्दा सय मेगावाट विद्युत् बचत

यस्तै प्राधिकरणले उपत्यकामा नियमित विद्युत् दिन थालेपछि विद्युत् खपतमा समेत कमी आउन थालेको छ ।

बत्ती आएको समयमा मात्रै इन्भटर, ब्याट्री चार्ज गर्दा थप विद्युत् प्रयोग हुने गरेको थियो । नियमित विद्युत् आपूर्ति पछि इन्भटर चार्ज गरेर राख्ने प्रवृत्ति समेत अन्त्य भएको छ ।

प्राधिकरणले गरेको एक अध्ययनअनुसार इन्भटर चार्ज नहुँदा करिब एक सय मेगावाट विद्युत् बचत भएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार इन्भटरमा प्रयोग हुने विद्युत् बचाउनु भनेको उत्पादन गर्नु सरह नै हो ।

काठमाडौँ उपत्यकामा मात्रै फरक फरक क्षमताका करिब दुई लाख बढी इन्भटर प्रयोगमा रहेका छन् । विद्युत्भार कटौती हुँदा कुन बेला विद्युत् आउँछ र चार्ज गरौला भनेर बस्ने उपभोक्ता समेत नियमित विद्युत् आपूर्ति हुन थालेपछि प्राधिकरणलाई सहयोग गर्न थालेको प्रवक्ता अधिकारीको भनाइ छ ।

उपभोक्ताले एकसय वाटदेखि पाँचसय वाटसम्मका इन्भटर प्रयोग गर्दै आएका छन् । यस्तै प्राधिकरणले आगामी पुस र माघमा समेत विद्युत्भार कटौती नगर्ने गरी आवश्यक तयारी गरिरहेको छ । विद्युत् बचत एवम् अन्य उपाय अवलम्बन गरेरै भए पनि विद्युत् उपलब्ध गराउने प्राधिकरणको तयारी छ । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार १०:४६ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...