back
CTIZAN AD

मनोरोगीको वेदना तीजे गीतमा

वि.सं.२०७६ साउन २८ मंगलवार

819 

shares

२८ साउन, चिप्लेढुङ्गा । तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गरेकि छन् छ ।
तीज गीतको मर्म विपरीतका गीतहरु बजेर रमझम बढिरहेका बेला ढकालले सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गरेकी हुन ।
सामाजिक विषयवस्तुमाथि साहित्यिक कलम चलाउँदै आएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीत सङ्गीतको भूमिका महत्वपूर्ण हुने बताइन । मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि जीवन बिताउन बाध्य भएका महिलाको दयनीय अवस्थालाई म्युजिक भिडियोमार्फत उजागर गर्न खोजिएको छ ।
विभिन्न प्रतिकूल परिस्थिति र घरेलु हिंसाले मानसिक सन्तुलन गुमाउन पुगेका महिलाप्रति गरिने हेय दृष्टिलाई बदल्नुपर्ने र असहायलाई सहारा दिएर उपचार गर्नुपर्ने विषयलाई म्युजिक भिडियोले समेटेको छ । मनोरोगीहरुको मानव अधिकारलाई राज्यस्तरबाटै सम्बोधन गर्नुपर्ने विषय गीतले समेटेको स्रष्टा ढकालले बताईन ।
“तीज पर्व खाने लाउने मात्र नभई गीत सङ्गीतको पर्व पनि हो । तीजको महिमा विशेषगरी सङ्गीतसँग जोडिएको छ”, ढकालले भनिन, “परापूर्वकालमा दबाएर राखिएका आवाजहरु तीजमा गीतको माध्यमबाट दिदीबहिनीले पोख्थे र मन हलुका बनाउँथे ।” सासूबुहारीका रोदनका कथाहरु हुन्थे । अब समय बदलिएको छ । अब सशक्तीकरण र महिला अधिकार, हिंसाविरुद्धका आवाजलाई बाहिर ल्याउनुपर्छ, सामाजिक न्याय र समानताका लागि आवाज उठाउनुपर्ने उनले बताइन ।
उक्त म्युजिक भिडियोको सदाबहार नायिकाको उपाधि पाएकी करिश्मा मानन्धरले लोकार्पण गर्नुभएको थियो । पोखरा आसापासका सडकमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोमा कलाकार प्रसुना भण्डारी, अमृता अधिकारी, अम्बिका ढकाल, सरीता पँगेनी, रेनु थापा, तेजेन्द्र पौडेल, कृष्ण भट्टराई लगायतले अभिनय गर्नुभएको छ ।

वि.सं.२०७६ साउन २८ मंगलवार १३:२८ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको...

सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट ९बागलुङ० ।सत्कारले लोभिन्छन् घरबासका पाहुना। साँझमा घरधन्दा सकेका घरबास...