back
CTIZAN AD

टिपताला भञ्ज्याङको सडक निर्माण सरकारको विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.4K 

shares

७ मङ्सिर, ताप्लेजुङ  । प्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङसम्मको सडक निर्माण गर्न सरकारले विशेष प्राथमिकता दिने बताउनुभएको छ ।

कञ्चनजङ्गा हीरक महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले ताप्लेजुङको पर्यटन विकासका लागि तिब्बतको सीमा जोड्ने ओलाङ्चुङगोला लोकमार्गको निर्माण, तमोर करिडोर निर्माण, दोभानको मोटर गुड्न पुललगायत पूर्वाधार निर्माणका लागि विशेष पहल गरिने बताउनुभयो ।

भौतिक पूर्वाधारको अपेक्षित विकास नहुँदा यहाँका स्थानीयबासिन्दाको जीवनस्तर तुलनात्मकरुपमा कठिन बन्दै गएकामा आफू सचेत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पिछडिएका एवम् दुर्गम क्षेत्रको विकासका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो ।

पर्यटन विकासका लागि जलवायु परिवर्तन मुख्य चुनौती भएको उल्लेख गर्दै उहाँले जलवायु अनुकूलन योजना निर्माणमा समेत सरकार सजग भएको बताउनुभयो । जलवायु परिवर्तनको असर खासगरी हिमाली क्षेत्रमा बढी देखिएको र यसले मानिसको जनजीवनमा समेत प्रत्यक्ष असर गरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले गत वर्षको बाढीपहिरोबाट विस्थापितलाई पुनःस्थापना गराउने विषयमा समेत सरकार प्रतिबद्ध भएको बताउनुभयो ।

महोत्सवमा श्रममन्त्री, पर्यटन मन्त्रालयका सचिव, पर्यटन बोर्डका अध्यक्ष, व्यवस्थापिका–संसद्, विकास समितिका सभापतिलगायतको उपस्थिति थियो । जिल्लाको सुकेटारमा आजदेखि सुरु भएको कञ्चनजङ्गा हिरक महोत्सव बिहीबार सम्पन्न हुने बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार १३:३२ मा प्रकाशित

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...