back
CTIZAN AD

महिला समूहद्धारा मुटुरोग परीक्षण शिविर सञ्चालन

वि.सं.२०७६ भदौ १ आइतवार

993 

shares

१ भदा,ै पोखरा । तीज पर्व नजिकिँदै गर्दा यहाँको एक महिला समूहले मुटुरोग परीक्षण शिविर सञ्चालन गरेको छ ।
पोखरा उपमहानगरपालिका–१७ स्थित घारीकुलो आमा समूहले रमाइलोभन्दा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर आफ्नो समूहका सदस्य एवं समाजका अन्य विपन्नवर्गलाई लक्षित गरी सो शिविर आयोजना गरेको हो ।
आहार, बिहारलगायत विभिन्न कारणबाट मुटुरोग समस्याको रूपमा देखिएको वर्तमान अवस्थामा तीज पर्वको अवसर पारेर सचेतना एवं मुटुरोग परीक्षण शिविर राखिएको समूहका अध्यक्ष आशा श्रेष्ठले जानकारी दिइन । जयन्ती मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा १०० जनाको मुटुरोग परीक्षण गरिएकमा १० जनामा समस्या देखिएको प्रतिष्ठानका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संयोजक सविता मैनालीले जानकारी दिइन ।
पछिल्लो समय मध्यपान, धुमपान तथा शारीरीक परिश्रमको अभावमा महिलामा मुटुको समस्या बढ्दै गएको एक तथ्याङ्कमा उल्लेख छ । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा आशिश त्रिपाठी र डा अमृत पाखरेलले मुटुरोग परीक्षण गरेका थिए । रासस

वि.सं.२०७६ भदौ १ आइतवार १३:३७ मा प्रकाशित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...