गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) एनआरएनए क्यानडाको अध्यक्षमा चिरन्जीवि घिमीरे निर्वाचित भएका छन् ।
अगस्त १२ मा सम्पन्न भएको अधिबेशनले घिमीरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
जसको उपाध्यक्षहरुमा स्कारर्बोरोबाट निर्वाचित हेमन्त थापा (उज्जल), सास्काचुनबाट, बिसी, एडमन्ट्न, क्यालगरीबाट अर्जुन कुमार विश्वकर्मा र मिसिसागाबाट बिजय पौडेल, महासचिवमा ब्राम्प्टनबाट निर्वाचित पिताम्बर भट्टराई, सचिवमा फडिन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टोरोन्टोबाट सरोज भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै परिष्दको सदस्यहरुमा ब्राम्प्टनबाट नेत्र खतिवडा (दिनेश), क्यालगेरीबाट अनन्त आचार्य, मिसिसागाबाट तुला भट्टचन, सास्काचुनबाट देबेन्द्र सुवेदी, मनिटोवाबाट सुशील दोरङा र ब्रिटिश कोलम्बियाबाट शरद शेरचन निर्वाचित भएका छन् ।
त्यसैगरी संघको आईसिसि सदस्यमा पूर्व अध्यक्ष तुल्सी सापकोटा र गोपिकृष्ण काफ्लेलाई चयन गरिएको छ ।

त्यस्तै परिषद्को नयाँ कार्यसमितिको तत्काल बसेको बैठकले रिक्त रहेको पदमा युवा विभागमा ईश्वर खत्री, महिला विभागमा सुजाता गुरुङ, अटोवा क्षेत्रबाट सन्तोष बराल र पश्चिम अन्टोरियोबाट रविन्द्र घिसिङलाई एनसिसि सदस्यमा मनोनित गरेको छ । सोहि बैठकले परिषद्को प्रवक्तामा नेत्र खतिवडालाई चयन गरेको छ ।
सोहि अवसरमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्य, केन्द्रीय सल्लाहकार हरिबोल भण्डारी, अमेरिकाज क्षेत्रका संयोजक गौरीराज जोशी, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल, हालका अध्यक्ष सुनील शाह र आइसीसी सदस्य बेदराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०७६ भदौ २ सोमवार ०९:०८ मा प्रकाशित



























