back
CTIZAN AD

हेटौँडा सिमेन्ट उद्योगको घाटा रु साढे तीन करोड

वि.सं.२०७६ भदौ २ सोमवार

927 

shares

२ भदौ, चुरियामाई । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा रु तीन करोड ८४ लाख घाटा भएको छ । उद्योग प्रशासनका अनुसार एकदिन उद्योग बन्द हुँदा रु ४८ लाख घाटा हुने गरेको छ ।

भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनसम्म उद्योग बन्द हुँदा सो रकम बराबरको घाटा भएको हो । मर्मतपछि उद्योग पुनः सञ्चालनमा आएको छ । किल ब्रिक्स् लाइनिङको काम सकिएपछि शुक्रबारबाट भट्टी तताउन शुरु गरिएको र विस्तारै उत्पादन शुरु भएको उद्योगका नायब महाप्रबन्धक कामेश्वर मण्डलले जानकारी दिए । करीब रु २० लाखको लगानीमा फायर ब्रिक्स लाइनिङ गरिएको उद्योगले जनाएको छ । एउटा ब्रिक्स्को तौल साढे १० किलोको हुने उद्योगले जनाएको छ ।

उद्योगमा यसपटक दुई हजार छ सय वटा ब्रिक्स लाइनिङ गरिएको मण्डलले बताए । एउटा ब्रिक्सकै मूल्य रु ७०० पर्ने बताइएको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल दैनिक औसत आठ हजार बोरा मात्र सिमेन्ट उत्पादन गरिरहेको छ । करीब ३१ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगले गत आर्थिक वर्षमा २० लाख बोरा मात्र सिमेन्ट उत्पादन गर्न सकेको उद्योगका प्रशासन महाशाखा प्रमुख गणेश कोइरालाले जानकारी दिए ।

विभिन्न समयमा उद्योग बन्द हुँदा आव २०७४÷७५ को तुलनामा झण्डै आठ लाख बोरा सिमेन्ट उत्पादन घटेको उद्योगले जनाएको छ । उद्योगको यन्त्रमा पटक पटक खराबी आएर उद्योग बन्द हुँदा उत्पादनमा पनि ह्रास आएको प्रशासन महाशाखा प्रमुख कोइरालाले बताए । धेरै यन्त्रहरु अघिल्लो आवमा बनाइएकाले चालू आवमा भने उत्पादन बढ्न सक्ने कोइरालाको अनुमान छ । (रासस)

वि.सं.२०७६ भदौ २ सोमवार ०९:५२ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...