back
CTIZAN AD

एनआरएनए मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत

वि.सं.२०७६ भदौ २ सोमवार

861 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत भएका छन् ।

आगामी सेप्टेम्बर १ मा हुने संघको अधिबेशनका लागि भट्टराई र वर्तमान महासचिव सुन्दर आलेले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा भए पनि सर्वसम्मत नेतृत्व चुन्ने प्रयासमा अध्यक्षमा हरि भट्टराई चयन भएका हुन् ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा सुन्दर आले, उपाध्यक्षमा ज्ञानेन्द्र सिंह, महिला उपाध्यक्षमा सुभद्रा लिङ्गदेन, महासचिवमा हेमराज सापकोटा, सचिवद्धयमा रन्जित क्षेत्री र नेत्र केसी, कोषाध्यक्षमा कृष्ण नेपाल, युवासंयोजकमा रबिलाल अधिकारी, र परिषद्को आइसिसि सदस्यमा महेन्द्र साह र टेक टमाटा लगायत ३३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरिएको हो ।

एनआरएनए मलेसियाका पूर्वउपाध्यक्ष रमेश तिवारीका अनुसार नयाँ कार्यसमितिको कार्यकाल आगामी सेप्टेम्बर १ देखि सुरु हुनेछ ।

५० हजार रिंगेटको श्रमिक कल्याणकारी कोष
मलेसियामा व्यवसाय सँगै नेपाली श्रमिकका समस्यामा साथै रहँदै आएका भट्टराईले आफू अध्यक्षमा निर्वाचित भए ५० हजार मलेसियन रिंगेट अर्थात् करिव १४ लाख नेपाली रुपैयाँ बराबरको श्रमिक कल्याणकारी कोष स्थापना गर्ने घोषणा समेत उम्मेदवारी दर्ताका क्रममा भट्टराईले गरेका छन् ।

श्रमिकका मुद्दालाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता गरेका भट्टराईले अध्यक्षमा निर्वाचित भए व्यक्तिगत सहयोगमा ५० हजार रिंगेट, (करिव १४ लाख नेपाली रुपैयाँ) को कल्याणकारी कोष स्थापना गर्ने बताएका थिए ।

वि.सं.२०७६ भदौ २ सोमवार ०९:५६ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...