back
CTIZAN AD

किन दिए पाँच वडा अध्यक्षले सामुहिक रुपमा राजिनामा ?

वि.सं.२०७६ भदौ ६ शुक्रवार

4.9K 

shares

६ भाद्र, बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए । विधिविपरित नगरप्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको वडा नं ९ का अध्यक्ष विनोदकुमार विकले बताए ।

समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरी फरक सङ्गठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा पेश गरेका हुन् ।

नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनपछि देखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले एकलरूपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा पेश गरेको वडा नं २ का अध्यक्ष डम्मर महतको भनाइ छ । बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला–बेला विवाद हुने गरेको छ । स्थानीय तह सञ्चालन निर्दे्शिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन । रासस

वि.सं.२०७६ भदौ ६ शुक्रवार १०:०४ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...