back

दक्षिण कोरियाली निर्णयको जापानद्वारा ‘कडा‘ विरोध

वि.सं.२०७६ भदौ ६ शुक्रवार

48 

shares

६ भदौ, जापान । सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानको विदेश मन्त्रालयले ‘कडा‘ विरोध गरेको छ । जापानले निर्णयलाई ‘विल्कुल अफसोचजनक’ कदम भनेको छ ।

“दक्षिण कोरियाली सरकारद्वारा सम्झौता खारेज गर्ने निर्णय वर्तमान क्षेत्रीय सुरक्षा वातावरणमा ‘विल्कुल गलत निर्णय’ हो र यो नितान्त अफसोचपूर्ण छ,” जापानी विदेशमन्त्री तारो कानोद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ ।

उनले भने, “हामीले दक्षिण कोरियाली पक्षद्वारा गरेको दाबी स्वीकार गर्न सक्दैनौँ । साथै यस निर्णय लिएकोमा दक्षिण कोरियाली सरकारको कडा शब्दमा विरोध गर्छौँ ।” उहाँले यस विषयमा दक्षिण कोरियाको धारणा माग्न जापानका लागि दक्षिण कोरियाली राजदूतलाई बोलाइ उनीसँग राजधानी टोकियोमा राय लिने काम भएको छ ।

सियोलले सैन्य–सूचना आदानप्रदान सम्झौता कोरियाली हितमा नरहेको भन्दै यसको खारेज गर्ने निर्णय गरेपछि जापानको उक्त प्रतिक्रिया आएको हो । सामान्य सुरक्षासम्बन्धी सैन्य सूचना सहमतिको अन्त्य गर्ने कोरियाली निर्णयसँगै अमेरिकाका निकट सहयोगी मानिने यी दुई प्रजातान्त्रिक मुलुकहरूबीचको सम्बन्धमा तनाव देखिएको छ । एएफपी

वि.सं.२०७६ भदौ ६ शुक्रवार १०:१२ मा प्रकाशित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...