back
CTIZAN AD

दक्षिण कोरियाली निर्णयको जापानद्वारा ‘कडा‘ विरोध

वि.सं.२०७६ भदौ ६ शुक्रवार

864 

shares

६ भदौ, जापान । सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानको विदेश मन्त्रालयले ‘कडा‘ विरोध गरेको छ । जापानले निर्णयलाई ‘विल्कुल अफसोचजनक’ कदम भनेको छ ।

“दक्षिण कोरियाली सरकारद्वारा सम्झौता खारेज गर्ने निर्णय वर्तमान क्षेत्रीय सुरक्षा वातावरणमा ‘विल्कुल गलत निर्णय’ हो र यो नितान्त अफसोचपूर्ण छ,” जापानी विदेशमन्त्री तारो कानोद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ ।

उनले भने, “हामीले दक्षिण कोरियाली पक्षद्वारा गरेको दाबी स्वीकार गर्न सक्दैनौँ । साथै यस निर्णय लिएकोमा दक्षिण कोरियाली सरकारको कडा शब्दमा विरोध गर्छौँ ।” उहाँले यस विषयमा दक्षिण कोरियाको धारणा माग्न जापानका लागि दक्षिण कोरियाली राजदूतलाई बोलाइ उनीसँग राजधानी टोकियोमा राय लिने काम भएको छ ।

सियोलले सैन्य–सूचना आदानप्रदान सम्झौता कोरियाली हितमा नरहेको भन्दै यसको खारेज गर्ने निर्णय गरेपछि जापानको उक्त प्रतिक्रिया आएको हो । सामान्य सुरक्षासम्बन्धी सैन्य सूचना सहमतिको अन्त्य गर्ने कोरियाली निर्णयसँगै अमेरिकाका निकट सहयोगी मानिने यी दुई प्रजातान्त्रिक मुलुकहरूबीचको सम्बन्धमा तनाव देखिएको छ । एएफपी

वि.सं.२०७६ भदौ ६ शुक्रवार १०:१२ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...